ad ad

ग्लोबल


टर्कीमा फेरि अर्को शक्तिशाली भूकम्प

टर्कीमा फेरि अर्को शक्तिशाली भूकम्प

फाइल तस्बिर


नेपालखबर
माघ २३, २०७९ सोमबार १७:११, काठमाडौँ

टर्कीमा सोमबार अपरान्ह अर्को शक्तिशाली भूकम्प गएको छ। अन्तर्राष्ट्रिय सञ्चारमाध्यमका अनुसार केही बेरअघि अर्को शक्तिशाली भूकम्पको धक्का महसुस भएको हो। 

यसअघि सोमबार बिहान गएको शक्तिशाली भूकम्पमा परेर १२ सयभन्दा धेरैले ज्यान गुमाइसकेका छन्। त्यस भूकम्पबाट घाइतेको संख्या नै ५३ सय नाघेको छ। भूकम्पका कारण सिरियामा पनि ठूलो क्षति भएको छ।

सोमबार सबेरै बिहान ७.८ म्याग्निच्यूडको भूकम्पले मध्यपूर्वका कयौँ देश हल्लाएको थियो। त्यसको १२ घण्टा नबित्दै फेरि ७.५ म्याग्निच्यूडको अर्को शक्तिशाली भूकम्प गएको हो।

स्थानीय समयअनुसार दिउँसो १ बजेर २४ मिनेटमा दोस्रो शक्तिशाली भूकम्पको धक्का महसुस भएको हो। यस भूकम्पको केन्द्र एल्बिस्तान जिल्लाको कारामानमारास रहेको छ। 

टर्कीको भूकम्प बिपद् तथा आपत्काल व्यवस्थापन प्राधिकरणले यो भूकम्प परकम्प नभएको बताएको छ। उसले यसलाई नयाँ भूकम्प भएको उल्लेख गरेको छ।

यसअघि पहिलो शक्तिशाली भूकम्पबाट कारामानमारासमै कम्तीमा ७० जनाले ज्यान गुमाइसकेका छन्। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .