ad ad

ग्लोबल


गणतन्त्र दिवसमा भारतको शक्ति प्रदर्शन

बीएसएफ उँट टुकडीमा पहिलो पटक महिला
गणतन्त्र दिवसमा भारतको शक्ति प्रदर्शन

नेपालखबर
माघ १२, २०७९ बिहिबार १३:३२, काठमाडौँ

७४ औँ गणतन्त्र दिवसमा भारतले बिहीबार राजधानी नयाँ दिल्लीमा शक्ति प्रदर्शन गरेको छ।

भारतीय सेनाका विभिन्न टुकडीले शक्ति प्रदर्शन गरेका हुन्। 

राष्ट्रपति द्रौपदी मुर्मुले दिल्लीस्थित कर्तव्य पथमा राष्ट्रिय झण्डा फहराएसँगै सैनिक परेड सुरु भयो। 

भारतीय सेनाले स्वदेशी हतियारको प्रदर्शन गरे। यसक्रममा नारी शक्तिको पनि परेडमा देखिए। यो प्रदर्शनका क्रममा केही विश्व कीर्तिमान पनि बनेका छन्। गणतन्त्र दिवसका दिन ५० वटा युद्धक जहाजसहित राफेलले पनि शक्ति देखायो।

गणतन्त्र दिवसको बिहान मोदीले युद्ध स्मारकमा शहिदहरुलाई श्रद्धाञ्जली दिए। देशवासीलाई शुभकामना दिँदै उनले स्वतन्त्रका लागि लडेका योद्धाहरुको सपना सबै मिलेर पूरा गर्ने आश्वासन दिए। 

यस पटक इजिप्टका राष्ट्रपति अब्देल फतेह अल सीसी मुख्य अथिति थिए। उनको देशको सैनिक टुकडीले पनि परेडमा भाग लियो। यसका अलावा आर्म्ड फोर्सेस, राज्य र विभागको २३ वटा झाँकी पनि निकालियो।

गणतन्त्र दिवसमा पहिलो पटक बोर्डर सेक्युरिटी फोर्स (बीएसफ) को उँटको टुकडीमा महिला अधिकृत सामेल भए। 

सर्फेस टु एयर मिसाइल सिस्टम आकाश टुकडीको नेतृत्व लेफ्टिनेन्ट चेतना शर्माले गरिन्। यिनमा स्थल सेनाका ३ र एयरफोर्स तथा नेभीका एक-एक सदस्य थिए। 

लेफ्टिनेन्ट चेतनाले आफ्नो सपना पूरा भएको बताइन्। चेतना आर्मी एयर डिफेन्स युनिटमा कार्यरत छिन्। 

चेतनाका अलावा लेफ्टिनेन्ट डिम्पल भाटी आर्मीको डेयरडेभिल्स मोटरसाइकल टिमको सदस्य छिन्। उनले यो परेडका लागि एक वर्षदेखि तालिम गरेको खुलाइन्। 

पहिलो पटक यो गणतन्त्र दिवसमा भारतीय तोपले सलामी दियो। अहिलेसम्म भारतीय सेनाले ब्रिटेनमा बनेका तोपबाट सलामी दिने गरेको थियो।

परेडका क्रममा अर्जुन ट्यांक, वज्र तोप र आकाश मिसाइल सिस्टमका साथै कर्तव्य पथमा ब्रह्मोस मिसाइल पनि देखियो। खास कुरा के हो भने यी सबै स्वदेशी हतियार हुन्। 

एयर डिफेन्स मिसाइल रेजिमेन्टको तर्फबाट आकाश वेपन सिस्टमलाई लेफ्टिनेन्ट चेतना शर्माले नेतृत्व गरिन्। उनीसँग क्याप्टेन सुनील दशराथे पनि थिए।

नौसेनाको टुकडीको १४४ सेलर्सको नेतृत्व लेफ्टिनेन्ट कमान्डर दिशा अमृतले गरिन्। ३ महिला र ६ पुरुष अग्निवीर पहिलो पटक कर्तव्य पथमा देखिए।

सेन्ट्रल रिजर्भ पुलिस फोर्सको पूरा टुकडीमा केबल महिला थिए। 

सिग्नल सिपाहींको डेयर डेभिल्स टिमले कर्तव्य पथमा विश्व कीर्तिमान बनाएको छ। कर्प्सका हवल्दार सुजीद मण्डलले १८ फिट अग्लो सिँढी लगाएर मोटरसाइकल चलाए। 

कर्प्सका अनुसार विश्वमा यसअघि कसैले पनि मोटरसाइकलमा यति अग्लो सिढीबाट यात्रा गरेका थिएनन्। 

सुजीदका अलावा लान्स नायक अजय यादवले मोटरसाइकलमा ५० योग मुद्रा देखाए। नायक स्वप्निल एले सूर्य नमस्कार गरे।

प्रधानमन्त्री नरेन्द्र मोदी परेडअघि युद्ध स्मारकमा गएर शहीदलाई श्रद्धाञ्जलि दिए। मोदी राजस्थानी पगडी र सेतो रंगको मफलरमा देखिए। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .