ad ad

ग्लोबल


सिरियामा भवन भत्कँदा १६ जनाको मृत्यु

सिरियामा भवन भत्कँदा १६ जनाको मृत्यु

नेपालखबर
माघ ९, २०७९ सोमबार १०:४४, अलेपो

सिरियाको दक्षिणी प्रान्तमा अलेपोमा रहेको एक आवासीय भवन भत्कँदा त्यसमा रहेका कम्तीमा १६ जनाको ज्यान गएको बताइएको छ।

यहाँको एउटा साततले भवन भत्कँदा ती मानिसको मृत्यु भएको बताइएको हो। त्यस दुर्घटनामा पाँच जना बालबालिका पनि परेका छन्।

प्रहरीका अनुसार उक्त भवनमा सात परिवार बसेका र ती परिवारका गरेर १६ जनाको ज्यान गएको हो।

सो स्थानका बासिन्दाले उक्त भवनमा ३५ जनाको बसोबास रहेको बताएका छन्। भवनका भग्नावशेषबाट एक जनालाई मात्र जीवित उद्धार गरिएको छ।

प्रहरीले मृतकको सङ्ख्या अझै बढ्नसक्ने बताएको छ। यहाँको सरकारी समाचार समिति सानाले सो भवनको भग्नावशेषमा पुरिएको आशङ्कामा उद्धारको काम जारी रहेको जनाएको छ।

एक दशकभन्दा लामो समयदेखि जारी युद्धका कारण उत्तरी जिल्ला अफ्रिनबाट विस्थापित सिरियाली नागरिक उक्त भवनमा बस्ने गरेका सिरियाली गृह मन्त्रालयका अधिकारीले जनाएका छन्।  

सिरियामा जारी द्वन्द्वमा परी करिब पाँच लाख नागरिकको ज्यान गइसकेको छ। अधिकांश विस्थापित सिरियाली यस्तै कमजोर प्रकृतिका भवनमा बसेका छन्।
गएको सेप्टेम्बरमा पनि अलेप्पोनजिकको फर्दवासमा एक यस्तै कमजोर भवन भत्कँदा तीन जना बालबालिकासहित दश जनाको मृत्यु भएको जानकारी गृह मन्त्रालयका अधिकारीले जनाएका थिए। रासस/सिन्ह्वा 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .