ग्लोबल


बङ्गलादेशमा आगामी फेब्रुअरी २३ मा राष्ट्रपतिको निर्वाचन हुने

बङ्गलादेशमा आगामी फेब्रुअरी २३ मा राष्ट्रपतिको निर्वाचन हुने

वर्तमान राष्ट्रपति अब्दुल हमिद।


नेपालखबर
माघ ९, २०७९ सोमबार ६:५७, काठमाडौँ

बङ्गलादेशमा आगामी फेब्रुअरी २३ मा राष्ट्रपतिको निर्वाचन हुने निर्वाचन आयोगले जनाएको छ।

आयोगका सचिव मोहम्मद जहाँगीर आलमले आगामी फेब्रुअरी २३ मा राष्ट्रपतिको निर्वाचन हुने जानकारी दिएका हुन्।

देशको संविधानले एक व्यक्तिलाई बढीमा दुई कार्यकालका लागि निर्वाचित गर्न सक्ने व्यवस्था गरेकोले वर्तमान राष्ट्रपति अब्दुल हमिद अर्को कार्यकालका लागि पुनः निर्वाचित हुन नमिल्ने आइतबार साँझ आफ्नै कार्यकक्षमा आयोजित पत्रकार सम्मेलनमा उनले बताए।

देशको संविधानले एक व्यक्तिलाई बढीमा दुई कार्यकालका लागि निर्वाचित गर्न सक्ने व्यवस्था गरेको जानकारी दिए।ण्

हमिदको कार्यकाल २४ अप्रिलमा समाप्त हुँदैछ। राष्ट्रपति निर्वाचनको कार्यतालिका चाँडै घोषणा गरिने आलमले बताए। रासस÷सिन्ह्वा

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad