ad ad

ग्लोबल


अमेरिकामा गोली हानेर ६ जनाको हत्या

अमेरिकामा गोली हानेर ६ जनाको हत्या

फाइल तस्बिर


नेपालखबर
माघ ३, २०७९ मंगलबार १३:२८, लस एन्जलस

अमेरिकामा गोली हानेर सोमबार मात्र कम्तीमा ६ जनाको हत्या गरिएको छ। अमेरिकाको क्यालिफोर्नियामा ती गोली प्रहार र हत्या भएका हुन्। अमेरिकाको क्यालिफोर्नियाको टुलारे काउन्टीमा भएको गोली प्रहारमा परेर एकजना १७ वर्षीया युवती र उनकी ६ महिनाकी छोरीको ज्यान गएको छ। 

त्यस्तै सोही काउन्टीमा अर्का चार जनालाई घरमै बोलाएर हत्या गरिएको बताइएको छ। एक व्यक्तिको घरमा सो हत्याकाण्ड भएको छ। त्यसमा परेर अर्का एकजना घाइते भएका छन् र उनलाई अस्पताल पुर्‍याइएको छ। 

ती हत्याकाण्डमा संलग्न रहेको आशङ्कामा दुई जनालाई पक्राउ गरिएको छ। पक्राउ पर्नेहरु कुनै समूहसँग सम्बन्धित रहेका र समूहका बीचको सम्पर्कका कारण यो हत्या भएको अनुमान गरिएको अनुसन्धानदाताहरुले जनाएका छन्। रासस/सिन्ह्वा

 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .