ad ad

ग्लोबल


चीन र भुटानबीच सीमा विवाद समाधान गर्ने सहमति

चीन र भुटानबीच सीमा विवाद समाधान गर्ने सहमति

नेपालखबर
माघ १, २०७९ आइतबार ९:२२, काठमाडौँ

चीन र भुटानले सीमा विवाद समाधानका लागि वार्तालाई गति दिन ‘सकारात्मक सहमति’ गरेका छन्।

समाचार एजेन्सी पीटीआईका अनुसार तीन चरणको रोडम्यापमा भएको सम्झौतालाई कार्यान्वयन गर्नेतर्फ कदम चालिनेछ।

चीन–भुटान सीमा विवादसम्बन्धी ११औं विज्ञ समूहको बैठक जनवरी १० देखि १३ सम्म चीनको कुनमिङ सहरमा भएको थियो। त्यसपछि शुक्रबार दुवै देशले संयुक्त वक्तव्य जारी गरेका हुन्। 

भुटान र चीनबीच ४७७ किलोमिटर लामो सीमाना छ। दुई देशबीचको सीमा विवाद समाधानका लागि २४ चरणको बैठक भइसकेका छन्। 
चीन र भुटानबीच कूटनीतिक सम्बन्ध नभए पनि सम्पर्क कायम राख्न दुई देशबीच औपचारिक भ्रमण हुने गरेको छ।

चीनको भारत र भुटानसँग सीमा विवाद छ। धेरै प्रयास गर्दा पनि अहिलेसम्म सहमति जुट्न सकेको छैन।

११ औं समूहको बैठक स्पष्ट, सौहार्दपूर्ण र रचनात्मक वातावरणमा सम्पन्न भएको दुवै देशले संयुक्त विज्ञप्तिमा उल्लेख गरेका छन्। यससँगै सीमा वार्तालाई गति दिन तीन चरणको रोडम्यापमा भएको एमओयूको कार्यान्वयनका विषयमा पनि गम्भीर छलफल भएको थियो।

चीन र भुटानले सीमा विवाद समाधानका लागि वार्तालाई तीव्रता दिन एमओयूमा हस्ताक्षर गरेका छन्। बीबीसी

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .