ad ad

ग्लोबल


भारतमा ५० फिट गहिरो बोरवेलमा खसेका बालकलाई ५ घण्टाको प्रयासपछि सकुशल निकालियो

भारतमा ५० फिट गहिरो बोरवेलमा खसेका बालकलाई ५ घण्टाको प्रयासपछि सकुशल निकालियो

बालक खसेको बोरवेलमा खसेका बालक, इन्सेटमा बालक


नेपालखबर
पुस २७, २०७९ बुधबार ७:४८, काठमाडौँ

उत्तर प्रदेशको हापुडमा ५० फिट गहिरो र डेढ फिट चौडा बोरवेलमा खसेका ४ वर्षीय श्रवण शक्ति नभएका बालकलाई सकुशल बाहिर निकालिएको छ।

एनडीआरएफ र स्थानीय प्रशासनको टोलीले ५ घण्टाको प्रयासपछि बालकको उद्धार गरेको हो। 

सो कुराको पुष्टि गर्दै एसपी हापुरका पीआरओ रघुराज सिंहले भने, ‘बालकलाई सकुशल निकालिएको छ। करिब पाँच घण्टाको प्रयासपछि यो सफलता प्राप्त भएको हो।’

स्वास्थ्य परीक्षण आदिका लागि बच्चालाई अस्पताल लगिएको उनले बताए।

बीबीसी हिन्दीका अनुसार मंगलबार दिउँसो १२ बजे हापुरको मोहल्ला फूलगढीमा दुई–तीन बालबालिका खेलिरहेका थिए। नजिकै नगरपालिकाको डेढ फिट चौडा र ५० फिट गहिरो बोरवेल थियो, जसमा मुआविया नामका बालक खसेका थिए। 

अन्य बालबालिकाले चिच्याएपछि परिवारका सदस्य घटनास्थल पुगे र घटनाबारे तत्काल प्रहरीलाई जानकारी गराए। बोरवेलमा ढक्कन लगाइएको भए पनि बालबालिकाले त्यो खोलेको अनुमान प्रहरीले गरेको छ। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .