ad ad

ग्लोबल


अष्ट्रेलियामा ९७ जनाविरुद्ध लागुऔषध मुद्दा

अष्ट्रेलियामा ९७ जनाविरुद्ध लागुऔषध मुद्दा

नेपालखबर
पुस २०, २०७९ बुधबार ७:४९, काठमाडौँ

अष्ट्रेलियाको सिड्नीमा नयाँ वर्षको दिनको सङ्गीत महोत्सवमा प्रहरीले गरेको कारबाहीपछि ९७ जनालाई लागुऔषध अपराधको अभियोग लगाइएको छ।

सोमबार जारी गरिएको विज्ञप्तिअनुसार, न्यू साउथ वेल्स राज्यको पुलिसले आइतवार आयोजित उत्सव कार्यक्रममा लक्षित अपरेसन सुरु गरेको थियो।

सिड्नीको पूर्वी किनारमा भएको यस कार्यक्रममा २७ हजार भन्दा बढी मानिसहरूलाई आकर्षित भएका समाचारमा जनाइएको छ।

९७ जनाले एमडीएमए, एम्फेटामाइन, गाँजा, कोकिन, एक्स्टेसी, एलएसडी, केटामाइन र साइलोसाइबिन लगायतका अवैध लागूऔषध ओसारपसार गरेको प्रहरीले जनाएको छ। तीमध्ये तीन जना लागुऔषध ओसारपसार मुद्दामा पक्राउ परेका छन्।

एक २१ वर्षीय पुरुषसँग १५ वटा एमडीएमए क्याप्सुल, अर्का एक पुरुषसँग ९ वटा क्याप्सुल र २५ वर्षीया महिलासँग ५ वटा एमडीएमए क्याप्सुल बरामद भएको बताइएको छ। रासस/सिन्ह्वा

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .