ग्लोबल


कुन देशमा कसरी गरियो नयाँ वर्षको स्वागत? हेर्नुहोस् यी १३ तस्बिर

कुन देशमा कसरी गरियो नयाँ वर्षको स्वागत? हेर्नुहोस् यी १३ तस्बिर

नेपालखबर
पुस १७, २०७९ आइतबार १२:२४, काठमाडौँ

आइतबारबाट अंग्रेजी नयाँ वर्ष २०२३ सुरु भएको छ। फरक टाइम जोनको कारण सबैभन्दा पहिला प्यासिफिक सागरमा सबैभन्दा छिटो नयाँ वर्ष सुरु भएको छ। त्यसैले सबैभन्दा पहिला नयाँ वर्ष मनाउने मानिस प्यासिफिक सागरको टापु किरिबाटीका मानिस हुन्। यो टापुमा १ लाख २२ हजार मानिसको बसोबास छ। 

अष्ट्रेलियाले पनि भव्यरुपमा नयाँ वर्षको स्वागत गरेको छ। आइतबार सिड्नी हार्बर ब्रिज र ओपेरा हाउसमा आतिशबाजी गरिएको सामाचार संस्था एपीले बताएको छ। 

यहाँ विश्वभरका मुलुकमा नयाँ वर्षको स्वागत गरिएको केही तस्बिर उल्लेख गरिएको छ– 

१. अष्ट्रेलिया

सिड्नी हार्बर ब्रिजमा नयाँ वर्षको स्वागतमा गरिएको आतिशबाजी। 

२. जापान 

जापानको राजधानी सहर टोकियोस्थित शिबुया क्षेत्रमा नयाँ वर्षको पूर्वसन्ध्यामा नयाँ वर्षको स्वागतको लागि उपस्थित मानिसहरु 

३.फिलिपिन्स

फिलिपिन्सको मनिलामा नयाँ वर्षको पूर्वसन्ध्यामा गरिएको आतिशबाजी। 

४. भारत 

भारतको मुम्बईमा नयाँ वर्षको उत्सव मनाउँदै मानिसहरु। 

५. इन्डोनेसिया 

जकार्तास्थित होटल इन्डोनेसिया राउन्डअबाउटमा सेलामान्ट डाटाङ स्मारकमा नयाँ वर्षको उत्सव मनाउँदै मानिसहरु 

६. थाइल्याण्ड

बैंककको किङ टास्किन ब्रिजमा देखिएको दृश्य

७. पाकिस्तान 

कराँचीमा नयाँ वर्षमा गरिएको आतिशबाजी हेर्दै मानिसहरु। 

८. केन्या 

नाइरोबीको ओल्ड म्युचल टावरमा गरिएको अतिशबाजी हेर्दै मानिसहरु

९. आइभरी कोस्ट 

आइभरी कोस्टको अबिड्जानमा नयाँ वर्षको उत्सवको क्रममा देखिएको दृश्य। 

१०. युक्रेन 

नयाँ वर्षको पूर्वसन्ध्यामा रुसी मिसाइल आक्रमणको कारण राजधानी किभमा एयर रेड जारी गरिएको थियो। मध्यरातसम्म युक्रेनका सडक खाली थिए। राति ११ बजेसम्म कर्फ्यु जारी गरिएको थियो। यद्यपि यसअघि नै केही मानिसहरु भेला भएर नयाँ वर्षको उत्सव मनाएका थिए। 

११. फ्रान्स 

फ्रान्सको पेरिसस्थित एभेन्यु चाम्पस–एलिसीसमा २०२३ को स्वागतमा देखाइएको प्रोजेक्सन

१२. जर्मनी 

बर्लिनस्थित ब्रान्डेनबर्ग गेटमा नयाा वर्ष मनाउँदै मानिसहरु

१३. बेलायत 

बेलायतको लण्डनमा नयाँ वर्षको उत्सवको साथै महारानी एलिजाबेथ द्वितीयप्रति श्रद्धाञ्जली व्यक्त गर्दै मानिसहरु 

तस्बिरहरु– अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरुबाट

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad