ad ad

ग्लोबल


क्यासिनोमा आगलागी हुँदा १६ जनाको मृत्यु

क्यासिनोमा आगलागी हुँदा १६ जनाको मृत्यु

प्रतिकात्मक तस्बिर


नेपालखबर
पुस १४, २०७९ बिहिबार १९:१८, नोमपेन

थाइल्यान्डको सिमाना पोइपेटमा रहेको कम्बोडियाको एउटा क्यासिनोमा आगलागी हुँदा कम्तीमा १६ जनाको मृत्यु भएको छ भने अन्य ५० जना घाइते भएका छन्। घाइेतको पूर्ण विवरण प्राप्त भएको छैन। 

पोइपेटस्थित ग्रान्ड डायमन्ड सिटी क्यासिनोमा लागेको आगो निभागउन १२ घण्टाभन्दा बढी लागेको थियो। थाइल्यान्डका वारुणयन्त्र पनि आगो निभाउन पोइपेट पुगेका थिए। सामाजिक सञ्जालमा राखिएका तस्बिरमा पीडितहरू छानाबाट खसिरहेका, सहयोगका निम्ति याचना गरिरहेका तथा आगोको ज्वालाबीच फसेका देखिन्छन्। 

आगोको चपेटामा होटलका कर्मचारी र छिमेकी थाइल्यान्डका ग्राहक परेका छन्। तेह्रौँ, चौधौँ र पन्ध्रौँ तलाबाट सहायताका निम्ति अनुरोध आएको अग्नि नियन्त्रण कार्यालयका अधिकारीहरूले बताएका छन्। रासस/एपी

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .