ग्लोबल


युक्रेनमा युद्धरत सेनाको मनोबल बढाउन संगीतकार र गायक पठाउँदै पुटिन

युक्रेनमा युद्धरत सेनाको मनोबल बढाउन संगीतकार र गायक पठाउँदै पुटिन

नेपालखबर
पुस ४ , काठमाडौँ

रूसले युक्रेनमा युद्ध लडिरहेका आफ्ना सैनिकहरुको मनोबल बढाउन संगीतकार र गायकहरुलाई पठाउने भएको छ।

रूसी रक्षा मन्त्रालयका अनुसार 'फ्रन्ट लाइन क्रिएटिभ ब्रिगेड' बनाएर त्यसमा सर्कसमा काम गर्नेहरुलाई पनि सहभागी गराउने तयारी छ।

बेलायती रक्षा मन्त्रालयले गत आइतवार आफ्नो गुप्तचर अपडेटमा रुसले यो ब्रिगेड बनाएको दाबी गरेको हो। 

यसअघि बेलायती रक्षा अधिकारीहरुले रूसी सुरक्षाकर्मीको मनोबल घट्नु उसका लागि एक ठूलो जोखिम रहेको बताएको थियो। 

बेलायतले भनेको छ, ‘सर्वसाधारणलाई आफ्नो संगीत वाद्ययन्त्र सेनालाई दान दिन भनिएको छ। सैन्य संगीतलाई सेनाका टोलीको मनोबल बढाउन प्रयोग गरिँदैछ।'

रूसी समाचार समूह आरबीसीका अनुसार पुटिनले हालै गरेको घोषणाअनुसार नयाँ भर्ती भएका सेनालाई यस ब्रिगेडमा सामेल गरिँदैछ।

पुस ४, २०७९, साेमबार

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .