ad ad

ग्लोबल


पुटिनको चेतावनी– आवश्यक परे परमाणु हतियार प्रयोग गर्छौं

पुटिनको चेतावनी– आवश्यक परे परमाणु हतियार प्रयोग गर्छौं

नेपालखबर
मंसिर २२, २०७९ बिहिबार १०:४०, काठमाडौँ

रुसका राष्ट्रपति भ्लादिमिर पुटिनले परमाणु युद्धको जोखिम बढ्दै गएको चेतावनी दिएका छन्।

युक्रेनसँग चलिरहेको युद्धका बीच पुटिनले बुधबार यस्तो अभिव्यक्ति दिएका हुन्। रुसमा मानवाधिकारी परिषदको बैठकमा बोल्दै पुटिनले दिएको अभिव्यक्तिले अन्तर्राष्ट्रिय समुदायको चिन्ता बढाएको छ।

पुटिनले अहिलेसम्म रुसले सुरुमा परमाणु हतियारको प्रयोगबाट बच्ने निर्णय गरेको बताएका हुन्। उनका अनुसार यसको अर्थ यसको प्रयोग हुँदैन भन्ने गलत बुझाइ राख्न भने नहुने चेतावनी दिएका हुन्।

पुटिनले रुसको सीमामा कुनै आक्रमण भएको अवस्थामा भने परमाणु युद्धको आशंका अस्वीकार गर्न नसकिने उनको भनाइ छ। 

पुटिनले भने, ‘रुसको रक्षासम्बन्धी एक रणनीति छ। हामी विध्वंसक हतियारलाई यो रणनीतिको रुपमा हेर्छौं। यसको प्रयोग प्रत्याक्रमणको कारबाहीमा गरिन्छ। यसको अर्थ हामीमाथि कुनै संकट आइपर्छ भने हामी यसको प्रयोग गर्छौं।’ 

पुटिनले अमेरिकाले आफ्नो परमाणु हतियार युरोपमा धेरै मुलुकमा राखेको भए पनि रुसले भने आफ्नो मुलुकबाहेक कतै पनि परमाणु हतियार नलगेको बताएका छन्। आवश्यक परेको अवस्थामा रुसले त्यस्ता हतियार आफ्नो छिमेकी मुलुकमा पनि लैजान सक्ने बताएका छन्। 

पुटिनले भने, ‘हामी पागल होइनौं। हामीलाई थाहा छ कि परमाणु हतियार के हो र यसले कति विनाश निम्त्याउन सक्छ भन्ने। हामीसँग कुनै पनि मुलुकको तुलनामा आधुनिक र विकसित परमाणु हतियार छ, यो स्पष्ट छ।’ 

सोमबार युक्रेनले रुसको सीमाभित्र ड्रोन आक्रमण गरेको थियो। नौ महिनादेखि जारी रहेको युद्धमा पहिलोपटक युक्रेन यति धेरै आक्रामक बनेको हो। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .