चीनका पूर्वराष्ट्रपति चियाङ चमिनको अन्तिम संस्कार मंगलबार गरिने भएको छ। बिहीबार उनको शव सांघाइबाट राजधानी बेइजिङ पुर्याइएको छ। ९६ वर्षीय चियाङको बुधबार निधन भएको थियो।
विमानबाट बेइजिङमा चियाङको शव ल्याइँदा राष्ट्रपति सी चिनफिङ सपत्नी विमानस्थलमा उपस्थित थिए। जहाँ पोलिट्ब्युरोका २४ जनै सदस्यका साथै यसै वर्ष अवकाश लिँदै गरेका नेताहरु पनि उपस्थित थिए।
त्यसअघि सांघाइमा चियाङको परिवार र निकटस्थहरुमाझ अन्तिम विदाइ समारोह आयोजना गरिएको थियो। चियाङकी पत्नी वाङ यपिङ र परिवारका अन्य सदस्यहरु पनि स्थायी समिति सदस्य काइ चीका साथ बेइजिङ पुगेका हुन्।
चियाङ्सु प्रान्तस्थित पूर्वराष्ट्रपति चियाङको पुरानो घरमा पनि मानिसहरुले पुष्पगुच्छा राखेका छन्।
उनको राजकीय अन्तिम संस्कार मंगलबार बिहान ग्रेट हल अफ द पिपुलमा हुने सरकारी सञ्चारमाध्यमले जनाएका छन्। एससीएमपी
Shares
प्रतिक्रिया