ग्लोबल


अमेरिकी नागरिक भएको ३ वर्षमै न्युयोर्क विधानसभा सदस्यमा निर्वाचित भइन् सराहना श्रेष्ठ

अमेरिकी नागरिक भएको ३ वर्षमै न्युयोर्क विधानसभा सदस्यमा निर्वाचित भइन् सराहना श्रेष्ठ

मंगलबार किंग्स्टनमा जित हासिल गरेपछि सराहना श्रेष्ठ। तस्बिर : डेली फ्रिम्यान


नेपालखबर
कात्तिक २३, २०७९ बुधबार १२:२९, किंग्स्टन (न्युयोर्क)

न्युयोर्कस्थित एसोपसकी नेपालीमूलकी सराहना श्रेष्ठले रिपब्लिकन प्रतिद्वन्द्वीलाई हराउँदै राज्यसभा सदस्यमा निर्वाचित भएकी छिन्। 

स्टेट बोर्ड अफ इलेक्सनको ‘अनअफिसियल’ नतिजाअनुसार उनले प्याट्रिक शिहानलाई पराजित गरेकी हुन्। 

सराहनाले ३५ हजार ४ सय ९३ र शिहानले २३ हजार १०४ मत ल्याए। योसँगै श्रेष्ठ १०३औँ असेम्बली डिस्ट्रिक्ट सिट जित्न सफल भएकी हुन्। 

गत जुनमा श्रेष्ठले लामो समय विधान सभा सदस्य रहेका केभिन केहिललाई पार्टीभित्रको प्रारम्भिक निर्वाचनमा हराउँदै विधान सभा सदस्यको लागि डेमोक्रेटिक पार्टीको उम्मेदवारी जितेकी थिइन्। 

उनी सन् २०१९ मा अमेरिकी नागरिक भएकी थिइन्। उनी डेमोक्रेटिक सोसलिस्ट अफ अमेरिकाको मिड हड्सन भ्याली च्याप्टरका लागि अल्स्टर काउन्टी सहप्रमुख हुन्।

त्यसबाहेक उनी स्वच्छ, नवीकरणीय, ग्राह्य र पहुँचयोग्य ऊर्जा आपूर्तिलाई प्रवर्द्धन गर्ने पब्लिक पावर न्युयोर्कमा पनि आबद्ध छिन्। डेलीफ्रिम्यान डटकमबाट

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad