ad ad

ग्लोबल


पूर्वराष्ट्रपति हु चिन्ताओलाई सीपीसीको महाधिवेशन समापन समारोहबाट बाहिर निकालियो (भिडिओ)

पूर्वराष्ट्रपति हु चिन्ताओलाई सीपीसीको महाधिवेशन समापन समारोहबाट बाहिर निकालियो (भिडिओ)

नेपालखबर
कात्तिक ५, २०७९ शनिबार १४:३२, काठमाडौँ

चिनियाँ कम्युनिस्ट पार्टीको २० औँ महाधिवेशनको समापन समारोहबाट पूर्वराष्ट्रपति हु चिन्ताओलाई बाहिर निकालिएको छ। एकदमै कमजोर र बिरामी देखिएका हु राष्ट्रपति सी चिनफिङको छेउमै बसेका थिए।

दुई जना अधिकारीहरुले उनी नजिकै पुगेर उनलाई उठाएर भर दिँदै बाहिर निकालेका थिए। सुरुमा उनले कुर्सीबाट उठ्न आनाकानी गरेजस्तो देखिन्छ।

निस्किँदै गर्दा हुले सीलाई केही भनेका थिए। सीले पनि मुन्टो हल्लाएर जवाफ दिएका थिए।

हु ७९ वर्ष पुगिसकेका छन्। त्यसरी हु बाहिर निस्किनुको कारण भने दिइएको छैन। हु २००३ देखि २०१३ सम्म राष्ट्रपति थिए। 

पार्टीको महाधिवेशनले राष्ट्रपति सी चिनफिङलाई तेस्रो कार्यकालका लागि निरन्तरता दिएको छ। 

 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .