ad ad

ग्लोबल


अपार्टमेन्टमा ठोक्कियो रुसी युद्धक विमान, १३ जनाको मृत्यु

अपार्टमेन्टमा ठोक्कियो रुसी युद्धक विमान, १३ जनाको मृत्यु

नेपालखबर
कात्तिक १, २०७९ मंगलबार १२:९, काठमाडौँ

रुसको दक्षिणी सहरस्थित एक अपार्टमेन्ट भवनमा सेनाको युद्धक विमान दुर्घटना भएको छ।

रुसी अधिकारीहरुले दिएको जानकारीअनुसार येयस्क सहरको एक अपार्टमेन्टमा सु–३४ युद्धक विमान दुर्घटनामा परेको हो। अभ्यास उडानको क्रममा उक्त विमान दुर्घटना भएको हो।

अधिकारीहरुले दिएको जानकारीअनुसार मृत्यु हुनेमा तीनजना बालबालिका पनि छन्। दुर्घटनापछि उक्त भवनबाट ६८ जना मानिसको उद्धार गरिएको छ।

सोमबार साँझ भएको दुर्घटनामा परी घाइते भएका १९ जना मानिसको अहिले उपचार भइरहेको अधिकारीहरुले बताएका छन्।

रुसको रक्षा मन्त्रालयका अनुसार विमान दुर्घटना हुनुको एउटा कारण विमान उड्ने समयमा एउटा इन्जिनमा आगलागी हुनु हो।

यद्यपि यस विषयमा थप अनुसन्धान भइरहेको अधिकारीहरुले बताएका छन्। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .