युक्रेनको राजधानी सहर किभमा सोमबार बिहान कम्तीमा तीन विष्फोट भएका छन्।
किभका मेयर भिटाली क्लित्चकोले सोमबार भएको विष्फोटको कारण आवासीय भवनहरुमा क्षति पुगेको बताएका छन्।
युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीको कार्यालयका प्रमुख एन्ड्रीय येर्माकले यो आक्रमण ड्रोनबाट गरिएको बताएका छन्।
केही दिनअघि मात्र किभमा रुसले मिसाइल आक्रमण गरेको थियो। मुलुकभर गरिएको मिसाइल आक्रमणमा परी १९ जनाको मृत्यु भएको थियो।
सोमबारको विष्फोट स्थानीय समयअनुसार बिहानको ७ बजे भएको थियो। पछिल्लो समय रुसले युक्रेनमाथिको आक्रमण तीव्र बनाउने संकेत गरेको छ।
159
Shares
प्रतिक्रिया