ad ad

ग्लोबल


रुसबाट सस्तोमा  इन्धन  आयात गर्दै पाकिस्तान

रुसबाट सस्तोमा  इन्धन  आयात गर्दै पाकिस्तान

नेपालखबर
असोज ५, २०७९ बुधबार ८:११, काठमाडौँ

पाकिस्तानले रुसबाट थप इन्धन आयात गर्ने सम्भावनाबारे छलफल गरेको छ।

प्रधानमन्त्री शेहबाज सरिफ र रुसी राष्ट्रपतिबीच भर्खरै भएको भेटपछि आइतबार एक वरिष्ठ सरकारी अधिकारीले सो छलफल बारे जानकारी दिएका हुन् । समरकन्दमा भर्खरै भएको सांघाई सहयोग सङ्गठनका  क्रममा उनीहरू बीच भेट भएको हो। 

‘रुसी पक्षसँगको हालैको छलफलमा तेल आयात गर्ने सम्भाव्यता बारे छलफल भएको र रुसले यस प्रस्तावलाई  सकारात्मकरूपमा लिएको’, भन्ने पाकिस्तानी दाबीलाई एक्सप्रेस ट्रिब्युनले उल्लेख गरेको छ ।

पूर्वप्रधानमन्त्री इमरान खानले अप्रिलमा उनको पदच्युतको पछाडि अमेरिकाको हात रहेको आरोप बारम्बार लगाउँदै आएका छन् ।  तत्कालीन प्रधानमन्त्री इमरानले ‘स्वतन्त्र विदेश नीति’ अपनाएकामा विशेषगरी रुससँगको सम्बन्धलाई गहिरो बनाएकामा सजाय पाएको बताउँदै आएका छन् । 

द एक्सप्रेस ट्रिब्यूनका अनुसार शहबाज र पुटिनबीचको भेटपछि रुसी पक्षले जारी गरेको नोटमा इमरान र उनका समर्थकले अमेरिकाको ‘कठपुतली’ सरकार भनेर आरोप लगाउँदै आएको नयाँ सरकारसँग मस्को काम गर्न इच्छुक नभएको कुनै सङ्केत भने दिइएको छैन।

रुसी कम्पनी र कुलीन वर्गलाई प्रतिबन्ध लगाएर र अन्यलाई व्यापारिक कालोसूचीमा थपेर युक्रेन विरुद्धको युद्धका लागि रुसी राष्ट्रपति भ्लादिमिर पुटिनलाई सजाय दिन संयुक्त राज्य अमेरिकाले सहयोगीहरूसँग मिलेर काम गरिरहेको छ ।

पाकिस्तानको मासिक इन्धन आयात जुनमा चार वर्षकै उच्चमा पुग्ने अनुमान गरिएको थियो । देशको इन्धन तेलको आयात मे महिनामा ६ लाख ३० हजार टन पुगेपछि यो महिना करिब ७ लाख टन पुग्न सक्ने  अनुमान छ। आयात पछिल्लो पटक मे २०१८ मा ६ लाख ८० हजार टन र जुन २०१७ मा ७ लाख ४१ हजार टन पुगेको थियो।

यसैबीच, जुनमा अमेरिकाले युक्रेन द्वन्द्वमा रुसलाई सहयोग गरेको भन्दै चीन र पाकिस्तानका ३६ कम्पनीलाई कालोसूचीमा राखेको थियो।
अमेरिकी राष्ट्रपति जो बाइडेनको प्रशासनले रुसको सैन्य र रक्षा औद्योगिक आधारलाई सहयोग गरेको भन्दै चीनका पाँच कम्पनीलाई व्यापारिक कालोसूचीमा राखेको छ।

अल जजीराका अनुसार रूस, युएई, लिथुआनिया, पाकिस्तान, सिंगापुर, बेलायत, उज्वेकिस्तान र भियतनाम लगायत देशहरूबाट थप ३१ संस्थालाई पनि कालोसूचीमा थपिएको छ । थपिएका ३६ कम्पनीमध्ये २५ वटा चीनमा आधारित रहेर सञ्चालित थिए ।रासस÷एएनआई

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .