ad ad

बागमती


ललितपुर महानगरपालिकाकाले भन्यो : अवैध संरचना ३५ दिनभित्र हटाऊ

ललितपुर महानगरपालिकाकाले भन्यो : अवैध संरचना ३५ दिनभित्र हटाऊ

नेपालखबर
असोज ५, २०७९ बुधबार ८:४६, काठमाडौँ

ललितपुर महानगरपालिकाले नक्सापासबिना, मापदण्ड विपरीत तथा सार्वजनिक जग्गा अतिक्रमण गरी बनाइएका संरचना हटाउन सूचना जारी गरेको छ। 

महानगरपालिकाले बुधबार जारी गरेको सूचनामा अवैध संरचना हटाउन ३५ दिनको समयसीमा दिइएको छ।  

महानगरपालिका क्षेत्रभित्र नक्सा स्वीकृत बिना, मापदण्ड विपरीत निर्माण भएका संरचना, सार्वजनिक जग्गा, सडक, फुटपाथ, चोक, पेटी अतिक्रमण गरी बनाइएका स्लोप, टप, रयाम्प, सिढी लगायतका संरचना तथा नक्सा स्वीकृत गर्दा पार्किङ प्रयोजन खुलाई गरेको तर अन्य प्रयोजनमा प्रयोग भएका संरचना सूचना प्रकाशित भएको मितिले ३५ दिनभित्र सुधार गरी वा हटाई कानुनबमोजिम कायम गर्न महानगरपालिकाले भनेको छ। 

सूचनाबमोजिम दिइएको समयसीमाभित्र उक्त कार्य नगरे वा नगराएमा महानगरपालिका कार्यालयले त्यस किसिमका संरचना हटाउने जानकारी गराइएको छ। 

हेर्नुहाेस् सूचना

काठमाडौं महानगरपालिकाले यसअघि नै यस्तो सूचना जारी गर्दा पनि अटेर गरेपछि अवैध संरचनामा डोजर चलाइरहेको छ। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .