ad ad

ग्लोबल


रुसका पाँच मिसाइल खसालेको युक्रेनको दाबी

रुसका पाँच मिसाइल खसालेको युक्रेनको दाबी

नेपालखबर
भदौ २२, २०७९ बुधबार ९:४३, काठमाडौँ

युक्रेनले मंगलबार रुसका पाँच क्रुज मिसाइल खसालेको दाबी गरेको छ।

युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले युक्रेनी सेनाले रुसका पाँच क्रुज मिसाइल खसालेको दाबी गरेका हुन्। यीमध्ये धेरैजसो मिसाइल दक्षिणी क्षेत्रमा खसालिएको उनको भनाइ छ।

यद्यपि उनले पूर्वी क्षेत्रमा आफ्नो सेनाले सफलता पाएको विषयमा भने केही उल्लेख गरेका छैनन्। यसअघि युक्रेनका अधिकारीले पूर्वी क्षेत्रमा युक्रेनी सेनाले सफलता पाएको संकेत गरेका थिए। 

मंगलबार साँझको सम्बोधनमा जेलेन्स्कीले रुसको तर्फबाट ६ ओटा क्रुज मिसाइल आक्रमण भएको र त्यसमध्ये ५ वटालाई खसालिएको बताएका हुन्। 

रुसले भने यस विषयमा कुनै प्रतिक्रिया दिएको छैन। पछिल्लो समय युक्रेनले रुसले कब्जा जमाएको भागमा आक्रमण तीव्र पारेको छ। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .