ग्लोबल


चीन र भारतका सैनिकलाई एकैठाउँ ल्याएर रुसले सुरु गर्‍यो विशाल युद्धाभ्यास

चीन र भारतका सैनिकलाई एकैठाउँ ल्याएर रुसले सुरु गर्‍यो विशाल युद्धाभ्यास

नेपालखबर
भदौ १६, २०७९ बिहिबार १९:२९, काठमाडौँ

रुसले चीन र भारतका सैनिकलाई एकैठाउँ उभ्याएर एक साता लामो विशाल युद्धाभ्यास सुरु गरेको छ। भ्लादिभोस्तोकमा सुरु भएको यो अभ्यास सेप्टेम्बर ७ सम्म चल्नेछ।

भारत र चीनका बीचमा पछिल्लो समय सीमा तनाव चलिरहेको छ। तर, दुवैको रुससँग सुमधुर सम्बन्ध भएकाले उनीहरु एउटै सैन्य अभ्यासमा सामेल भएका हुन्।

त्यसका अलावा लाओस, मंगोलिया, निकारागुवा, सिरिया र पूर्व सोभियत संघका सदस्य मुलुकहरुका सैनिक पनि अभ्यासमा सामेल भएका छन्। 

रुसी रक्षा मन्त्रालयले भोस्तोक २०२२ नाम दिइएको यो अभ्यास रुसको सुदूर पूर्व र जापान सागरमा हुने बताएको छ। जसमा ५० हजार सैनिक र ५ हजारभन्दा बढी हतियार र वाहन सामेल हछन्। जसमध्ये १४० विमान र ६० युद्धपोत छन्।

ठूलो मात्रामा रुसी सैनिक युक्रेन युद्धमा सहभागी हुँदा पनि रुससँग अझै पर्याप्त सैन्य शक्ति बाँकी रहेको देखाउन यो सैन्य अभ्यास गरिएको केही विश्लेषकको भनाइ छ। 

रुसी जनरल स्टाफका प्रमुख वलेरी जेरासिमोवले यो अभ्यासको नेतृत्व गर्नेछन्।

चीनले अभ्यासमा सहभागी हुन २ हजार सैनिक, ३०० सैन्य वाहन, २१ लडाकु विमान र तीन वटा युद्धपोत पठाएको छ। 

यो अभ्यासले चीन र रुसबीचको गहिरिँदो सैन्य सम्बन्धलाई पनि प्रदर्शन गर्ने बताइएको छ। पछिल्लो समय यी दुई देशले गर्ने सैन्य अभ्यासको संख्या बढ्दै गएको छ।

अर्कोतिर, भारतले विमान र जहाज नपठाए पनि सानो सैन्य टोली अभ्यासमा पठाएको छ। भारतबाट गोर्खा सैनिकसहित ७५ जनाको टोली रुस गएको छ। एजेन्सी 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .