कारोबार


कोका–कोला जिरो सुगर ग्लास बोतलमा

कोका–कोला जिरो सुगर ग्लास बोतलमा

नेपालखबर
भदौ १६, २०७९ बिहिबार १९:३८, काठमाडौँ

कोका–कोला नेपालले कोका–कोला जिरो सुगर आरजिबि (रिटर्नेबल ग्लास बोतल) बोतलमा बजारमा ल्याएको छ।

जिरो सुगर र क्यालोरीबिना ओरिजिनल कोका–कोलाको स्वादको रिफ्रेश्मेन्ट चाहने उपभोक्ताहरुलाई लक्षित गरेर यो नयाँँ प्याक बजारमा ल्याएको कम्पनीले जनाएकाे छ।

फेरि प्रयोग गर्न मिल्ने भएकोले यी आरजिबी बोतलहरु बातावरण–मैत्री त छन् नै, यसको ग्लास प्याकेजिङले कोका–कोलालाईलामो समयसम्म रिफ्रेश बनाइ सक्छ। कोका–कोला जिरो सुगर आरजिबी बोतल काठमाडौँका विभिन्न किराना पसल र खाजा घरहरुमा ४० रुपैँयामा २५० मि.लि.को ग्लास बोतलमा उपलब्ध छ।  

कोका–कोलाका नेपाल कन्ट्री डाइरेक्टर आदर्श अवस्थीले भने, ‘हामी हाम्रा उपभोक्ताहरुको लागि हरेक परिस्थितीहरुमा उपयोग गर्न मिल्ने किसिमको विविधता प्रदान गर्न तत्पर छौँ, चाहे त्यो स्वादमा होस् अथवा प्याकेजिङमा। यसै सन्दर्भमा कोका–कोला जेरो सुगर आरजिबि प्याकमा पनि यहाँँहरु माझ ल्याउन पाउँदा अत्यन्तै उत्साहित छौँ। जिरो क्यालोरीमा कोकाकोलाकै ओरिजिनल रिफ्रेशमेन्ट चाहने  उपभोक्ताहरुको लागि यो अत्यन्तै उपयुक्त रोजाइ हो।’

कोका–कोलाले यसै वर्ष नेपालमा नयाँँ र अझ मिठो स्वादमा ओरिजिनल कोका–कोलाको जस्तै रिफ्रेशमेन्ट प्रदान गर्ने कोका–कोला जेरो सुगर लन्च गरेको थियो।

स्थानीय उपभोक्ताहरुसँग आफ्नो सम्बन्ध अझै नजिक बनाउने आफ्नो प्रतिबद्धता अनुसार कोका–कोलाले निरन्तर रुपमा उनीहरुको  जीवन–शैली र आवश्यकता अनुरुपको विभिन्न स्वाद र प्याकेजिङमा आफ्ना उत्पादन हरु बजारमा ल्याउँदै आइरहेको छ। 

बोटलर्स नेपाल लिमिटेडका प्रबन्ध निर्देशक प्रदिप पाण्डेलेले भने, ‘कोका–कोला जेरो सुगरको आरजिबि प्याक नेपाली बजारमा जिरो क्यालोरी रिफ्रेश्मेन्टको किफायती विकल्प हो। क्यालोरी बिना रिफ्रेश्मेन्ट लिन चाहने उपभोक्ताहरुको लागि अत्यन्तै उपयुक्त यो प्याक पुन प्रयोग गर्न मिल्ने भएकोले वातावरण मैत्री र सुरक्षित रहेको छ।’

कोका–कोला जेरो सुगरको नयाँँ आरजिबि प्याक २५० मिलिमा उपलब्ध छ। साथै यसको पेट प्याक  २५० मिलि र ५०० मिलिमा उपलब्ध रहेको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad