ग्लोबल


भारतको ट्विन टावर ध्वस्त पारिएको एक दिनपछि...

भारतको ट्विन टावर ध्वस्त पारिएको एक दिनपछि...

विस्फोटक पदार्थद्वारा ट्विन टावर ध्वस्त हुँदै गरेका बेला। तस्बिर : एएनआई


नेपालखबर
भदौ १३, २०७९ सोमबार ९:२७, काठमाडौँ

भारतस्थित उत्तर प्रदेशको नोएडामा अवैध रूपमा बनेको सुपरटेकको ट्विन टावर आइतबार दिउँसो भत्काइएको छ।

सेक्टर ९३ ए मा बनेको यो भवन भत्काइएपछि त्यहाँ जम्मा भएको हजारौं टन फोहोर हटाउनुपर्ने भएको छ। दुई टावर ध्वस्त पारिएपछि झन्डै ८० हजार टन फोहोर जम्मा भएको अनुमान गरिएको छ।

ट्विन टावर ढलेपछिको दृश्य। तस्बिर : एएनआई

यसैबीच राति अबेरसम्म आसपासका क्षेत्रमा बसोबास गर्ने करिब एक सय परिवार घर फर्किएका छन्। समाचार एजेन्सी पीटीआईका अनुसार भवन भत्कनुअघि एमराल्ड कोर्ट र एटीएस भिलेज सोसाइटीका ५ हजार मानिसलाई सुरक्षित स्थानमा सारिएको थियो।

ट्विन टावर ढलेपछिको दृश्य। तस्बिर : एएनआई

भारतको सर्वोच्च अदालतले भवन निर्माणमा नियम उल्लंघन गरिएको भन्दै ती टावर भत्काउन आदेश दिएको थियो। आइतबार केवल १२ सेकेन्डमा ३ हजार ७ सय केजी विस्फोटक पदार्थसहित यो भवन ध्वस्त पारिएको थियो।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .