ग्लोबल


बेलायतबाट नेपालतर्फ अघि बढिरहेकाे ७३ वर्षीया रोजीकाे याे पैदल यात्रा...

 बेलायतबाट नेपालतर्फ अघि बढिरहेकाे ७३ वर्षीया रोजीकाे याे पैदल यात्रा...

नेपालखबर
मंसिर २४, २०७६ मंगलबार ८:२१,

चर्चित च्यारिटी रनर रोजी स्वेल पोपले युरोपलाई आफ्नो पैतालाले नापिसकेकी छिन्, अब उनी त्योभन्दा टाढा करिब ६ हजार माइलको यात्रा पैदलबाटै पूरा गर्दै छिन्।

सीबीएसन्युजका अनुसार उनले बेलायतको ब्राइटनबाट नेपालको काठमाडौंसम्मको यात्रा सुरु गरेकी छिन्। ७३ वर्षीया उनी यतिकै नेपाल आउनलागेकी होइनन्। यो यात्रामा उनको विशेष उद्देश्य पूरा गर्नु छ।

यसपटक उनले नेपाली ग्रामीण क्षेत्रमा समाजसेवामूलक कार्यका लागि उक्त यात्रा तय गरेकी हुन्। ०७२ सालको भूकम्पले नेपालमा ठूलै भौतिक र मानवीय क्षति भयो। यसले उनलाई नेपालमा खासगरी ग्रामीण क्षेत्रमा स्वास्थ्य, शिक्षा र अन्य कुराहरुमा सहयोग गर्ने भावना पलायो।

त्यही सोचलाई पूरा गर्न उनले ६ हजार माइलको यात्रा तय गरेकी हुन्।

‘यो केवल मानिसहरुलाई खाद्यान्न बाँड्नका लागि होइन’, रोजी भन्छिन्, ‘यो त यी जानेबुझेका मानिसलाई आफ्नै खाद्यान्न उब्जाउको लागि सहयोग हो।’

यी कुरा गर्दैगर्दा उनी टर्कीको राजधानी इस्तानबुलकै मुख्य पर्यटकीय गन्तव्यहरु ब्लु मस्क (मस्जिद) र हाजिया सोफियामा जगिङ (हिँडिरहेकी) गरिरहेकी थिइन्। ०७२ को ७.८ म्याग्निच्युडको भूकम्पले पुर्याएको क्षतिबाट नेपाल पुनर्निर्माणकै क्रममा छ। ९ हजार मानिसको ज्यान लिएको भूकम्पले १० लाख आवासमा क्षति पुर्याएको थियो।

वेल्सको टेन्बीकी स्थायी बासिन्दा रोजीले सन् २०१८ जुलाईमा ब्राइटनदेखि काठमाडौंसम्मको यात्रा घोषणा गरेकी थिइन्। त्यसयता उनले टर्कीसम्म आइपुग्दा १३ देश पार गरिसकेकी छिन्। अब उनको यात्रा गणतन्त्र जर्जिया हुँदै हुनेछ। 

 
 
View this post on Instagram
 
 
 
 
 
 
 
 
 

Galata Bridge in Istanbul today! Thank you all who joined me. I’m so proud to be in Turkey on my way to Kathmandu. ? #rosieruns

A post shared by Rosie Swale Pope (@rosieswalepope) on

उनी औसत प्रतिदिन २० किमि हिँडिरहेकी छिन्।

‘साँच्चै मलाई म कहाँ सुत्छु थाहा नै हुँदैन, म जमिनमै सुतिदिन्छु, गल्लीमै सुतिदिन्छु र उठ्छु अनि फेरि यात्रा सुरु गरिहाल्छु’, आफ्नो पैदलयात्राबारे रोजी भन्छिन्, ‘यस क्रममा म केवल मानिसहरुलाई भेट्छु।’

उनी आफ्नो रातो ठेलागाडा पछि पछि तान्दै दगुर्छिन्। त्यसो त यो नै मारियाको पहिलो च्यारिटी रन होइन। यसअघि सन् २००४ मा उनले च्यारिटीकै लागि विभिन्न देशको यात्रा तय गरिसकेकी छिन्।

च्यारिटीका लागि विश्वकै लामो पैदल यात्रा गर्नेहरुमध्ये रोजी पनि एक हुन्। उनले सन् २०१५ मा अमेरिकाको न्युयोर्क सहरदेखि सनफ्रान्सिस्कोसम्म यात्रा गरेकी थिइन्।

त्यो यात्रा उनको दिवंगत श्रीमान् क्लिभको सम्मानका लागि थियो। क्लिभको प्रोस्टेट क्यान्सरका कारण मृत्यु भएको थियो। त्यतिबेला उनले बेलायतबाट अमेरिकासम्म १७ फुटको डुंगामा निरन्तर यात्रा गरेर समुद्र छिचोलेकी थिइन्।

उनी आफैँलाई एउटा केवल साधारण ठान्छिन्। ‘म एउटा वृद्ध मान्छे’, उनी भन्छिन्।

तर उनले विश्वसँग आफूलाई विशेष किसिमले जोडेकी छिन्। सीबीएसन्युजबाट भावानुवाद

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .