ad ad

ग्लोबल


ट्विटर चलाएकोमा साउदी महिलालाई ३४ वर्ष जेल

ट्विटर चलाएकोमा साउदी महिलालाई ३४ वर्ष जेल

नेपालखबर
भदौ १, २०७९ बुधबार १८:५१, काठमाडौँ

ट्विटर चलाएर राज्यसँग असन्तुष्टहरुलाई फलो गरेको तथा तिनलाई रिट्विट गरेको भन्दै साउदी अरबमा एक महिलालाई ३४ वर्ष जेल सजाय सुनाइएको छ। 

बेलायतस्थित लिड्स युनिभर्सिटीकी विद्यार्थी सलमा अल सहब छुट्टी मनाउन साउदी अरब फर्केकी थिइन्। उनी दुई बच्चाकी आमा हुन्।

युवराज मोहम्मद बिन सलमानले देशमा ट्विटर प्रयोगकर्ताहरुलाई दमन गर्ने गरेका छन्। जबकि पब्लिक इन्भेस्टमेन्ट फन्डमार्फत साउदीले अप्रत्यक्ष रुपमा ट्विटरको सेयरको ठूलै हिस्सा नियन्त्रण गर्छ।

अमेरिकी राष्ट्रपति जो बाइडेनको साउदी भ्रमणको केही सातापछि नै त्यहाँको आतंकवादसम्बन्धी विशेष अदालतले यस्तो फैसला गरेको हो। मानवअधिकारकर्मी तथा लोकतन्त्र पक्षधरहरुले बाइडेनको भ्रमणले अधिराज्यको शासकहरुलाई झन् सबल बनाउने बताएका थिए।

एक इन्टरनेट वेबसाइट चलाएर ‘सावर्जनिक अशान्ति मच्चाउन खोजेको र नागरिक तथा राष्ट्रिय सुरक्षामा खलल पुर्याउन खोजेको’ भन्दै उनलाई सुरुमा तीन वर्ष जेल सजाय दिइएको थियो।

तर, सोमबार माथिल्लो अदालतले उनलाई ३४ वर्ष जेल सजाय दिएको हो। त्यसपछि पनि ३४ वर्ष यात्रामा प्रतिबन्ध लगाइएको छ।

सावर्जनिक अशान्ति मच्चाउन खोज्ने तथा नागरिक तथा राष्ट्रिय सुरक्षामा खलल पुर्याउन खोज्नेहरुलाई उनले फलो र रिट्विट गरेर सघाएको आरोप उनीमाथि छ। उनले यसविरुद्ध अपिल गर्न सक्नेछिन्।

साउदी र बेलायतमा हुँदा पनि सहब साउदी सरकारको कडा आलोचक भने होइनन्। उनको ट्विटरमा झण्डै २६ सय फलोअर्स छन्। गार्डियनबाट

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .