ad ad

ग्लोबल


ताइवाननजिकै चीनको सैन्य अभ्यास : जी७ को विरोध, आसियनको समर्थन

ताइवाननजिकै चीनको सैन्य अभ्यास : जी७ को विरोध, आसियनको समर्थन

नेपालखबर
साउन १९, २०७९ बिहिबार १२:३८, काठमाडौँ

अमेरिकी संसदकी सभामुख न्यान्सी पेलोसीले ताइवानको भ्रमण गरेसँगै चीनले ताइवाननजिकै सैन्य अभ्यास सुरु गरेको छ। चीनको सैन्य अभ्यासलाई जी७ मुलुकहरुले विरोध गरेका छन् भने आसियन मुलुकले भने समर्थन गरेका छन्। 

बुधबार नै जी७ का विदेशमन्त्रीहरुको बैठकले ताइवान नजिकै चीनले घोषणा गरेको सैन्य अभ्यासको विरोध गरेका हुन्। उनीहरुले चीनको सैन्य अभ्यासले ताइवान खाडीको अन्तर्राष्ट्रिय सन्तुलन, शान्ति र स्थायित्वमा असर पार्ने बताएका छन्। 

यस्ता गतिविधिले अनावश्यकरुपमा तनाव बढाउने जी७ का विदेशमन्त्रीहरुको निष्कर्ष छ।

उनीहरुले चीनलाई शान्तिपूर्ण बाटोबाट यो विवाद सुल्झाउन आग्रहसमेत गरेका छन्। उनीहरुले आफूहरु ताइवान क्षेत्रमा शान्ति तथा स्थायित्व कायम राख्नको लागि लागिरहने बताएका छन्। 

दक्षिणपूर्वी एसियाली मुलुकको संगठन आसियनले भने ताइवानको मामिलामा चीनको समर्थन गरेको छ।

संगठनले एक विज्ञप्ति जारी गर्दै आफूहरु एक चीन नीतिमा प्रतिबद्ध रहेको उल्लेख गरेको हो।

बुधबारै जारी गरिएको विज्ञप्तिमा आसियनले पेलोसीको भ्रमणले प्रमुख शक्तिराष्ट्रबीचको टकराव झनै बढाउन सक्ने भन्दै आशंका व्यक्त गरेको छ। 
 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .