ग्लोबल


अमेरिकाको आक्रमणमा मारिए अल कायदाका नेता

अमेरिकाको आक्रमणमा मारिए अल कायदाका नेता

नेपालखबर
साउन १७, २०७९ मंगलबार ७:४६, काठमाडौँ

अल कायदाका नेता अयमन अल जवाहिरी अमेरिकाको ड्रोन आक्रमणमा मारिएका छन्।

अमेरिकी राष्ट्रपति जो बाइडेनले आइतबार अफगानिस्तानको राजधानी सहर काबुलमा गरिएको आक्रमणमा उनको मृत्यु भएको बताएका हुन्।

जवाहिरीले गरेको अमेरिकी नागरिकको हत्या र हिंसाको सजाय उनलाई दिइएको बताएका छन्। अमेरिकाको गुप्तचर एजेन्सी सीआईएले गरेको आतंकवादविरोधी अभियानको क्रममा जवाहिरी मारिएका हुन्। 

अधिकारीहरुले दिएको जानकारीअनुसार जवाहिरी एक सुरक्षित घरको बाल्कोनीमा बासिरहेको अवस्थामा ड्रोनबाट उनलाई मिसाइल प्रहार गरिएको हो। घरमा अन्य सदस्यहरु भए पनि उनीहरु सुरक्षित रहेको उनीहरुको भनाइ छ। 

बाइडेनले ७१ वर्षीय अल कायदाका नेतालाई मार्न स्पष्ट आक्रमणको लागि आफूले आदेश दिएको उल्लेख गरेका छन्। 

सन् २०११ मा अल कायदाका नेता ओसामा बिन लादेन मारिएसँगै जवाहिरीले अल कायदाको नेतृत्व लिँदै आएका थिए।

जवाहिरी र बिन लादेन दुवै मिलेर अमेरिकाको ९/११ आक्रमणको योजना बनाएका थिए। उनी अमेरिकाको मस्ट वान्टेड आतंकवादीको सूचीमा थिए। 
 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad