ad ad

ग्लोबल


भारतमा विषाक्त रक्सीले २० जनाको मृत्यु

भारतमा विषाक्त रक्सीले २० जनाको मृत्यु

प्रतिकात्मक तस्बिर


नेपालखबर
साउन १०, २०७९ मंगलबार १८:५२, नयाँदिल्ली

भारतको पश्चिमी राज्य गुजरातमा विषाक्त मदिरा पिएर २० जनाभन्दा बढीको मृत्यु भएको छ भने त्यति नै सङ्ख्यामा सख्त बिरामी भएकाहरू अस्पताल भर्ना भएका छन्। यद्यपि उनीहरूको मृत्यु मदिरा खाएरै भएको पुष्टि हुन बाँकी छ। 

‘बोटाड, भावनगर र अहमदाबाद अस्पतालमा २० भन्दा बढीको उपचार भइरहेको छ। स्रोतका अनुसार धेरैको अवस्था गम्भीर रहेकाले मृत्यु हुनेको संख्या बढ्न सक्ने सम्भावना छ’, द हिन्दू अखबारको अनलाइन संस्करणमा भनिएको छ। 

मृत्युको वास्तविक कारण पत्ता लगाउन  शव परीक्षण एवम् चिरफार भइरहेको छ। ‘पोस्टमार्टम रिपोर्ट आएपछि मात्रै प्रतिक्रिया दिन सक्नेछौँ,’ एक सरकारी अधिकारीले सिन्ह्वालाई फोनमा बताए।

मदिरा पिएका कारण मृत्यु भएको भनिएको गाउँ वरपरका धेरैलाई नक्कली मदिरा बेचेको आरोपमा पक्राउ गरिएको छ। राज्य सरकारले घटनाको छानबिन गर्न आदेश दिँदै प्रहरी नायब उपरीक्षकको नेतृत्वमा विशेष अनुसन्धान टोली गठन गरेको छ। रासस/सिन्ह्वा 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .