ad ad

ग्लोबल


सेल्फी खिच्ने क्रममा भीरबाट खसेर २ युवकको मृत्यु

सेल्फी खिच्ने क्रममा भीरबाट खसेर २ युवकको मृत्यु

प्रतिकात्मक तस्बिर


नेपालखबर
साउन ८, २०७९ आइतबार १८:३०, खैबर पख्तुनख्वा

खैबर पख्तुनख्वाको स्वात जिल्लामा सेल्फी खिच्ने क्रममा भीरबाट खसेर दुई युवकको मृत्यु भएको छ।

घुमफिरका क्रममा स्वातको अलिदाद जहाँगिर गाउँमा अवस्थित रमणीय झरनामा पुगेका तीन जना युवकमध्ये २७ वर्षीय सनाउल्लाह झरना नजिकैको भीरमा उभिएर सेल्फी खिचिरहेका बेला चिप्लिएर लडेको तथा उनका २२ वर्षीय साथी अदनानले उनलाई बचाउन खोज्दा अदनान पनि चिप्लिएर पोखरीमा बजारिँदा दुवै जनाको घटनास्थलमा मृत्यु भएको प्रहरीलाई उद्धृत गर्दै समाचारपत्र डनले जनाएको छ।

उनीहरू दुई सय फिटको उचाइबाट खसेका थिए। दुर्घटनाका साक्षी उमरले नजिकैको गाउँमा पुगेर घटनाबारे स्थानीयलाई जानकारी दिएका थिए। रासस/एएनआई 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .