ग्लोबल


चीनसँगको तनावका बीच ताइवान भ्रमणमा जाँदै पेलोसी

चीनसँगको तनावका बीच ताइवान भ्रमणमा जाँदै पेलोसी

नेपालखबर
साउन ३, २०७९ मंगलबार १०:४१, काठमाडौँ

अमेरिकी सदनको तल्लो संसद हाउस अफ रिप्रिजिन्टेटिभ्सकी सभामुख नेन्सी पेलासीले आगामी महिना ताइवान भ्रमण गर्ने भएकी छिन्।

ताइवानलाई अमेरिकाको साथ र सहयोग व्यक्त गर्न उनी ताइवान जान लागेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरुले उल्लेख गरेका छन्।

पछिल्लो समय चीनसँगको दबाब बढ्दो क्रममा रहेको अवस्थामा अमेरिकी शीर्ष अधिकारीले ताइवान भ्रमण गर्न लागेकी हुन्।

पेलोसीको भ्रमण पछिल्लो २५ वर्षमा अमेरिकाको तल्लो सदनको सभामुखको पहिलो ताइवान भ्रमण हुनेछ। 

पेलोसीको भ्रमणबारे जानकार ६ जनाले अगष्ट महिनामा पेलोसीले प्रतिनिधिसहित ताइवान भ्रमण गर्ने बताएका छन्। 

पेलोसीको यो भ्रमणले आगामी दिनमा अमेरिका–चीन सम्बन्ध थप नराम्रो बन्न सक्ने विशेषज्ञहरुले बताएका छन्।

यसअघि नै चीनले अमेरिकालाई ‘एक चीन’ नीतिको पालना गर्न स्मरण गराइसकेको छ भने ताइवानको मामिलामा दखल दिनु आगोसँग खेल्नुजस्तै भएको चेतावनी पनि दिइसकेको छ। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad