ad ad

ग्लोबल


अत्यधिक गर्मीपछि जापानले गर्‍यो तीन महिने ऊर्जा बचतका लागि आह्वान

अत्यधिक गर्मीपछि जापानले गर्‍यो तीन महिने ऊर्जा बचतका लागि आह्वान

नेपालखबर
असार १८, २०७९ शनिबार ७:३४, काठमाडौँ

जापान सरकारले सात वर्षमा पहिलो पटक शुक्रबार व्यवसाय तथा बस्तीमा विद्युत्को अभावबाट बच्नका लागि तीन महिना अवधिका लागि विद्युत् संरक्षणका लागि अनुरोध गरेको छ।

गर्मीसँगै तातो हावा बहन थालेपछि विद्युत् खपत अत्यधिक खपत हुन थालेको समय सरकारले विद्युत् खपतमा सावधानी अपनाउन आग्रह गरेको हो।

सरकारले सेप्टेम्बरदेखि विद्युत्को प्रयोगमा कटौती गर्ने कुनै तालिका सार्वजनिक नगरे पनि मानिसहरूलाई उद्योग सञ्चालन तथा नागरिकको दैनिक जीवनमा बाधा सिर्जना नगरी  विद्युत् खपत स्तर कम गर्न आग्रह गरेको हो। 

स्थानीय सञ्चारमाध्यमका अनुसार सातौँ दिनसम्म लगातार ३५ डिग्री सेल्सियसभन्दा बढी तापक्रम रेकर्ड गरिएको र यसबाट ‘अत्यधिक गर्मी’ भएको अधिकारीहरूले बताएका छन्। 

शुक्रबार टोकियोमा ३७.० डिग्री सेल्सियसमा पुगेको छ। विद्युत्को कमीबाट बच्न मानिसहरूले ऊर्जा संरक्षणका उपायहरू अपनाउनु विशेष गरी महत्वपूर्ण हुन भन्दै सरकारले साँझ ५ बजेदेखि ८ बजेसम्म कम विद्युत् खपतका लागि सूचना जारी गरेको हो। उक्त समय सौर्य ऊर्जा उत्पादन घट्दा विद्युत्को मागअनुसार आपूर्तिमा अभाव हुने देखिएको अधिकारीले बताएका छन्।

यसवर्ष जापानका विभिन्न छ स्थानमा ४० डिग्री असामान्य तापक्रम वृद्धिसँगै अर्थ, व्यापार तथा उद्योग मन्त्रालयले मानिसहरूलाई तापघात र तापसित सम्बन्धित अन्य रोगको चिन्ताले गर्दा एयर कन्डिसनरको प्रयोग जारी राख्न पनि आग्रह गरेको छ। 

मन्त्रालयले एयर कन्डिसनर बन्द गर्नुको सट्टा बत्तीका लागि बिजुलीको खपतमा कमी गर्न र अनावश्यक विद्युतीय उपकरणको कम प्रयोगका लागि आग्रह गरेको हो।

जापानको मौसम विज्ञान निकायले कान्टो–कोशिनदेखि क्युशु क्षेत्रसम्म व्यापक गर्मीसँगै शुक्रबार ‘लु’ लाग्ने चेतावनी जारी गरेको थियो। जापानका अस्पतालहरूमा उच्च तापक्रमका कारण देखिने समस्याहरू लिएर जानेको सङ्ख्या उल्लेख्य बढेको बताइएको छ।

तातो हावा बहने सम्भावना रहेका क्षेत्रमा उच्च तापक्रमका कारण हुनसक्ने मस्तिष्कघात रोक्न नागरिकहरूले घरबाहिर निस्कँदा मास्क नलगाउन जापानका उप–मुख्य मन्त्री सेइजी किहाराले आग्रह गरेका छन्।

किहाराले यस विषयमा प्रेस ब्रिफिङमा भने ‘कोभिड–१९ सङ्क्रमण रोक्नका लागि यसपूर्व सरकारले गरेको निर्देशनलाई पुनः विचार गर्दै निकै नजिक रहेर अरू मानिससँग बोल्दा वा बस्दाबाहेक मास्क फुकाल्न आग्रह गर्दैछौँ।’ रासस/सिन्ह्वा

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .