अमेरिकाको टेक्सासस्थित सान एन्टोनियोनजिकै एक लरीमा ४२ जनाको शव फेला परेको छ।
अन्तर्राष्ट्रिय सञ्चारमाध्यमका अनुसार उक्त शव आप्रवासीहरुको भएको हुन सक्ने अनुमान छ। स्थानीय सञ्चारमाध्यमका अनुसार कम्तीमा १६ जना मानिसलाई अस्पतालमा भर्ना गरिएको छ।
सामाजिक सञ्जालमा सार्वजनिक भएका तस्बिरमा ठूलो लरीको आसपासमा उद्धारकर्ताको भिड देख्न सकिन्छ। न्युयोर्क टाइम्सका अनुसार अहिले प्रहरीले लरीका चालकको खोजी तीव्र पारेको छ।
सान एन्टोनियोस्थित रेल ट्र्याकनजिकै रोकिएको उक्त लरीमा चालक भने थिएनन्।
सान एन्टोनियो अमेरिका–मेक्सिको सीमाभन्दा करिब २५० किलोमिटर टाढा पर्छ।
टेक्सासका गभर्नर ग्रेग अबोटले खुला सीमा नीतिको कारण यी आप्रवासीको मृत्यु भएको भन्दै यसको जिम्मेवार राष्ट्रपति जो बाइडेन रहेको बताएका छन्।
अहिलेसम्म लरीमा रहेका मानिसहरुको मृत्यु के कारणले भएको हो भन्ने खुलेको छैन।
Shares
प्रतिक्रिया