ग्लोबल


भारतको केरलस्थित राहुल गान्धीको कार्यालयमा आक्रमण

भारतको केरलस्थित राहुल गान्धीको कार्यालयमा आक्रमण

नेपालखबर
असार ११, २०७९ शनिबार ७:३, काठमाडौँ

भारतको केरल राज्यस्थित कांग्रेस पार्टीका नेता राहुल गान्धीको कार्यालयमा आक्रमण भएको छ।

आन्ध्र प्रदेश युथ कांग्रेसले आक्रमणको लागि केरलको वामपन्थी सरकार र एसएफआईका कार्यकर्ता जिम्मेवार रहेको आरोप लगाएको छ। साथै केरल सरकारले गुण्डागर्दीलाई बढावा दिइरहेको बताएको छ। 

राहुल गान्धी केरलको वायनाड सिटका सांसद हुन्। केरलका मुख्यमन्त्री पिनाराई विजयनले सामाजिक सञ्जाल ट्वीटरमार्फत यो आक्रमणको निन्दा गरेका छन्।

उनले सबैलाई आफ्नो कुरा राख्ने र लोकतान्त्रिक तरिकाबाट विरोध गर्ने अधिकार भए पनि यस किसिमको आक्रमण गलत भएको बताएका छन्। उनले दोषीलाई कडाभन्दा कडा कारबाही गरिने बताएका छन्। 
 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .