ad ad

ग्लोबल


युक्रेनलाई नेटोमा प्रतिबन्ध लगाउने रुसको माग अमेरिकाद्वारा अस्वीकार

युक्रेनलाई नेटोमा प्रतिबन्ध लगाउने रुसको माग अमेरिकाद्वारा अस्वीकार

नेपालखबर
माघ १३, २०७८ बिहिबार ८:४५, काठमाडौँ

अमेरिकाले युक्रेनलाई नेटोमा प्रतिबन्ध लगाउनुपर्ने रुसको माग अस्वीकार गरेको छ।

युक्रेनमा रुसले आक्रमण गर्न सक्ने जोखिम रहेको दाबी पश्चिमा मुलुकले गरिरहेको समयमा अमेरिकाले रुसको माग अस्वीकार गरेको हो। 

अमेरिकी विदेशमन्त्री एन्टोनी ब्लिन्केनले युक्रेन संकट समाधानबारे रुसलाई आधिकारिक प्रतिक्रिया दिँदै  यो निर्णयको जानकारी दिएका हुन्।

उनले भने, ‘अगाडि बढ्न एक गम्भीरु कूटनीतिक मार्गको प्रस्ताव गरिरहेका छौं, उसले त्यसलाई मान्नुपर्छ।’ 

अमेरिकाको प्रतिक्रियाको विषयमा रुसी मन्त्रीले आफ्नो देशले एन्टोनी ब्लिन्केनको प्रतिक्रियाको अध्ययन गर्ने बताएका छन्।

युक्रेनलाई प्रतिबन्ध लगाउने विषयमा ब्लिन्केनले उसलाई नेटोमा सामेल हुने अधिकार भएको बताएका हुन्। 

युक्रेनको सीमामा रुसले करिब एक लाख सैनिक तैनाथ गरेको छ। पश्चिमा मुलुकले  रुसले युक्रेनमाथि आक्रमणको तयारी गरिरहेको आरोप लगाएका छन्।

यद्यपि रुसले भने यो दाबी आधारहीन रहेको बताउँदै आएको छ। 
 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .