ad ad

ग्लोबल


महामारीमा २५ प्रतिशतले घट्यो डब्ल्यूएचओलाई अमेरिकाको सहयोग

महामारीमा २५ प्रतिशतले घट्यो डब्ल्यूएचओलाई अमेरिकाको सहयोग

नेपालखबर
माघ १२, २०७८ बुधबार ८:४७, काठमाडौँ

कोभिड–१९ को महामारीमा विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ)मा अमेरिकाको वित्तीय योगदान २५ प्रतिशतले घटेको छ।

अन्तर्राष्ट्रिय समाचार संस्था रोयटर्सका अनुसार राष्ट्रसंघको स्वास्थ्य एजेन्सीलाई अमेरिकाले भविष्यमा दिन सक्ने सहयोग पनि अहिले पुनरवलोकनमा राखिएको छ। 

अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्पले डब्ल्यूएचओलाई दिने सहयोग बन्द गर्ने निर्णय गरेसँगै डब्ल्यूएचओलाई दिने सहयोगमा पनि ठूलो कमी आएको हो।

अमेरिकाले डब्ल्यूएचओलाई दिने भनिएको सहयोगको विषयमा पनि विभिन्न किसिमको आशंका देखिएका छन्। 

सन् २०२० र २०२१ मा अमेरिकाले २० करोड डलरभन्दा कम रकम डब्ल्यूएचओमा वित्तीय योगदान गरेको छ।

आगामी दुई वर्षको लागि भने २८ करोड डलर छुट्याइएको छ। तर, यो रकम पनि डब्ल्यूएचओले पाउने नपाउने निश्चित भने हुन सकेको छैन। 

समग्रमा पछिल्लो दुई वर्षको अवधिमा अमेरिकाले अनुदानसहित डब्ल्यूएचओलाई ६७ करोड २० लाख डलर दिएको छ।

जबकी अघिल्लो दुई वर्षमा यो रकम ८९ करोड ३० लाख डलर थियो। यससँगै डब्ल्यूएचओको सबैभन्दा ठूलो दाताबाट पनि अमेरिका हटेको छ।

अहिले जर्मनी डब्ल्यूएचओको सबैभन्दा ठूलो दाताको रुपमा देखिएको छ। 

यस विषयमा अमेरिका र डब्ल्यूएचओले भने कुनै प्रतिक्रिया दिएका छैनन्। 
 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .