ad ad

ग्लोबल


युक्रेन संकटलाई लिएर ब्लिन्केन र लाभ्रोवबीच वार्ता, रुसका मागबारे अमेरिकाले लिखित जवाफ दिने

युक्रेन संकटलाई लिएर ब्लिन्केन र लाभ्रोवबीच वार्ता, रुसका मागबारे अमेरिकाले लिखित जवाफ दिने

नेपालखबर
माघ ७, २०७८ शुक्रबार १९:५७, काठमाडौँ

युक्रेनको तनावलाई लिएर अमेरिकी र रुसी विदेशमन्त्रीबीच शुक्रबार जेनेभामा वार्ता भएको छ। दुवै पक्षले वार्ता सकारात्मक भएको बताए पनि यसबाट कुनै ठोस निष्कर्ष भने निस्किएको छैन।

अमेरिकी विदेशमन्त्री एन्टोनी ब्लिन्केनले राष्ट्रपति जो बाइडेन र भ्लादिमिर पुटिनबीच शिखरवार्ता हुनसक्ने बताए।

रुसी राष्ट्रपति पुटिनले युक्रेन अमेरिका नेतृत्वको नेटोमा सहभागी हुन नहुने, पूर्वी युरोपमा नेटोको विस्तार रोकिनुपर्ने, रोमानिया, बुल्गेरियालगायत पूर्वसोभियत मुलुकबाट विदेशी सैनिक हट्नुपर्नेलगायत माग अमेरिकासामु तेर्स्याएका छन्।

युक्रेनले नेटोको सदस्यता लिने सम्भावना बढ्दै गएको विश्लेषण गरेको रुसले मुलुकको सीमामा एक लाखभन्दा बढी सैनिक तैनाथ गरेको छ। जसले आक्रमणको त्रास बढाएको छ।

बढ्दाे तनावलाई रोक्ने प्रयासस्वरुप अमेरिकी र रुसी विदेशमन्त्रीबीच युरोपमा वार्ता भएको हो। 

वार्तापछि रुसी विदेशमन्त्री सेर्गेइ लाभ्रोवले नेटो रुसविरुद्ध लागेको आरोप लगाए। उनले ब्लिन्केनसँग आफ्ना मागहरु दोहोर्याएको बताउँदै अर्को सातासम्ममा अमेरिकाले लिखित जवाफ दिने जानकारी दिए। 

उनले वार्तापछि दुवै पक्षमा भावुकता कम हुने पनि बताए। एजेन्सी

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .