इन्डोनेसियाको राजधानी सहर अब जकार्ताबाट फेरिएर बोर्नियो द्वीप हुने भएको छ।
इन्डोनेसियाको संसदले एक विधेयक पारित गर्दै बोर्नियो द्वीपलाई देशको राजधानी बनाउने बाटो खुला गरेको हो।
जकार्तामा अहिले देखिएको ट्राफिक जाम, वायु प्रदूषण र बाढीको समस्याको कारण राजधानी सार्ने निर्णय गरिएको हो।
यद्यपि जकार्ता इन्डोनेसियाको वाणिज्य र वित्तीय केन्द्रको रुपमा कायम रहनेछ।
बोर्नियो द्वीपमा नयाँ सहर निर्माणको लागि ३० अर्ब डलरभन्दा धेरै रकम खर्च गरिनेछ। यसलाई ‘नुसांतरा’ भनिनेछ।
यसको अर्थ द्वीपसमूह भन्ने हुन्छ। यो नयाँ नाम राष्ट्रपति जोको विडोडोले सुझाएका हुन्।
विभिन्न ८० विकल्पमध्ये यो नाम चुनिएको हो। राष्ट्रिय विकास योजना मन्त्री सुहार्सो मोनोरफाले यो नामले इन्डोनेसियाको भूगोललाई दर्शाउने बताए।
2.1k
Shares
प्रतिक्रिया