ad ad

ग्लोबल


दक्षिण अफ्रिकामा भेटियो कोरोनाको नयाँ भेरियन्ट

दक्षिण अफ्रिकामा भेटियो कोरोनाको नयाँ भेरियन्ट

नेपालखबर
मंसिर १०, २०७८ शुक्रबार ७:२, काठमाडौँ

दक्षिण अफ्रिकामा कोरोना भाइरस (कोभिड–१९) को सबैभन्दा धेरै उत्परिवर्तित भाइरस फेला परेको छ। यसले आगामी दिनमा कोरोना संक्रमण बढाउन सहयोग पुर्‍याउने भन्दै वैज्ञानिकहरुले चिन्ता व्यक्त गरेका छन्।

बीबीसीका अनुसार सुरुवाती चरणमा दक्षिण अफ्रिकाको एउटा प्रान्तमा यसका अत्यधिक संक्रमित भेटिए पनि अन्य क्षेत्रमा पनि यसको संक्रमण देखिएको छ। 

अहिलेसम्म यो भेरियन्ट कति छिटो अर्को मानिसमा सर्छ र यसले खोप लगाएका मानिसमा कस्तो प्रभाव पार्छ भन्नेबारे जानकारी पाउन सकिएको छैन। यसलाई शुक्रबार विश्व स्वास्थ्य संगठनले अल्फा, बिटाजस्तै कुनै संकेत दिन सक्ने अनुमान छ।

कुनै मानिसको प्रतिरोधी क्षमताले भाइरसलाई परास्त गर्न नसकेको अवस्थामा उसको शरीरमा कोरोना भाइरस उत्परिवर्तित हुने सम्भावना बढी हुन्छ। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .