अफगानिस्तानमा सरकार चलाइरहेको तालिबानले मुलुकमा विदेशी मुद्रामाथि प्रतिबन्ध लगाउने निर्णय गरेको छ। अहिले आर्थिक समस्याको सामना गरिरहेको अफषनस्तानको लागि यो कदमले सहयोग पुग्न सक्ने तालिबानले बताएको छ।
तालिबानका प्रवक्ता जबिहुल्लाह मुजाहिदले अब आन्तरिक कारोबारमा कसैले विदेशी मुद्राको प्रयोग गरेको पाइए त्यस्तामा मानिसहरुमाथि कारबाही हुने बताएका छन्।
एक विज्ञप्ति जारी गर्दै उनले भनेका छन्, ‘देशको आर्थिक अवस्था र अन्य फाइदाको लागि पनि अफगानिस्तानका नागरिकले अफगानी नै प्रयोग गर्नुपर्छ। इस्लामिक इमिरेट्स सबै नागरिक, व्यवसायी र आम नागरिकलाई सबै किसिमको कारोबार स्वदेशी मुद्रामा गर्न आदेश दिन्छ। साथै विदेशी मुद्राको प्रयोगमा प्रतिबन्ध लगाएको छ।’
तालिबानले अफगानिस्तानमा कब्जा जमाएसँगै अहिले अफगानीको भाउ निकै कमजोर बनिसकेको छ। यस्तोमा अफगानिस्तानभित्र व्यापारिक कारोबार अमेरिकी डलरमा भइरहेको छ। पाकिस्तानको सीमावर्ती क्षेत्रमा पाकिस्तानको रुपया प्रयोग हुने गर्छ।
Shares

प्रतिक्रिया