अमेरिकाले कोरोना भाइरस (कोभिड–१९) विरुद्धको खोपमा बौद्धिक सम्पत्ति छूट दिन विश्वका सबै मुलुकलाई आग्रह गरेको छ। बिहीबार अमेरिकाको ह्वाइट हाउसले विश्व व्यापार संगठन (डब्ल्यूटीओ)का सदस्य राष्ट्रलाई यस्तो आग्रह गरेको हो।
ह्वाइट हाउसका प्रवक्ता काराइन जिन पियरेले अमेरिकाले बौद्धिक सम्पत्तिमा छूट दिनुपर्छ भन्ने पक्षमा रहँदै आएको बताएका छन्। उनले कोरोना खोप उत्पादन पनि व्यापक मात्रामा बढाउनुपर्ने छन्।
एक वर्षअघि भारत र दक्षिण अफ्रिकाले अस्थायीरुपमा कोरोना खोपको बौद्धिक सम्पत्तिमा छूट दिनुपर्ने बताएका थिए। यद्यपि यो प्रस्तावमा उल्लेख्य प्रगति भने हुन सकेको थिएन।
एक सयभन्दा धेरै मुलुकले यो प्रस्तावको पक्षमा वकालत गरेका थिए। गत मेमा अमेरिकी राष्ट्रपति जो बाइडेनले यो प्रस्तावको पक्षमा बोलेका थिए तर यसले अहिलेसम्म मूर्तरुप पाउन सकेको छैन।
अझै पनि विश्वभर कोरोना खोप अभाव हुने क्रम जारी रहेकाले यो अभाव हटाउन पनि कोरोना खोपको बौद्धिक सम्पत्तिमा छूट दिनुपर्ने प्रस्ताव ल्याइएको हो।
यो प्रस्ताव पारित भए कुनै पनि खोप निर्माताले अर्कै कम्पनीले विकास गरेको कोरोना खोप उत्पादन गर्न पाउनेछन्।
Shares
प्रतिक्रिया