ad ad

ग्लोबल


जी २० बैठक : अफगानिस्तानमा मानवीय सहायताको खाँचो

जी २० बैठक : अफगानिस्तानमा मानवीय सहायताको खाँचो

नेपालखबर
असोज २८, २०७८ बिहिबार ५:१८, काठमाडौँ

अफगानिस्तानका नागरिकलाई अहिले नै मानवीय सहायताको खाँचो रहेको जी २० बैठकमा सहभागीले जोड दिएका छन्।

अफगानिस्तानका विषयमा भएको जी २० को जुम बैठकपछि पत्रकारसँग कुराकानी गर्दै इटालीका प्रधानमन्त्री मारिओ ड्राघीले यो जानकारी दिएका हुन्।

‘हामीले अफगानिस्तानको अवस्थालगायत धेरै विषयमा कुराकानी गरेका छौँ, मलाई लाग्छ त्यहाँको अवस्था अहिले नै नाजुक छ, धेरै नागरिकलाई मानवीय सहायताको खाँचो छ।’ 

इटालीले अफगानिस्तानको विषयलाई लिएर जी२० का सदस्य राष्ट्रहरुको जुम बैठक आयोजना गरेको थियो । सो बैठकमा जी२० का सबै देशका सरकार तथा राज्य प्रमुखहरु सहभागी थिए। 

अफगानिस्तानमा विद्रोह गरिरहेका तालिबानीहरुले गत महिना त्यहाँको सत्ता हत्याएका थिए । त्यसपछि त्यहाँबाट अमेरिकी सेना फिर्ता भएको छ भने विश्वका देशहरुले पनि अफगानिस्तानमा दिने सहायता रोकेका छन्। 

यसै कारणले अफगानिस्तानको आर्थिक अवस्था नाजुक बन्दै गएको छ। त्यहाँका बालबालिका बढी संकटमा छन्। एजेन्सी

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .