ad ad

ग्लोबल


अफगानिस्तानमा फेरि गोलाबारी, तालिबानका दुई लडाकुसहित तीन जना मारिए

अफगानिस्तानमा फेरि गोलाबारी, तालिबानका दुई लडाकुसहित तीन जना मारिए

नेपालखबर
असोज ६, २०७८ बुधबार १९:५९, काठमाडौँ

पूर्वी अफगानिस्तानमा अज्ञात बन्दुकधारलिे तालिबानका दुई लडाकु र एक नागरिकलाई गोली हानेर हत्या गरेको छ। 

गत महिना तालिबानले कब्जा गरेयता अफगानिस्तानमा यस्तो आक्रमण शृंखलाको यो पछिल्लो घटना हो। 

बीबीसीका दक्षिण एसिया सम्पादक जिल मेक्गिभरिङको रिपोर्टअनुसार घटनाका प्रत्यक्षदर्शीले केही हतियारधारी व्यक्ति एउटा गाडीमा जलालाबादस्थित तालिबानको चौकीनजिक आएर गोली हानेका थिए। ​​

बीबीसीका अनुसार तालिबानका अधिकारीले पनि यो घटनाको पुष्टि गरेको छ, तर उनीहरूले मारिएका सबै सर्वसाधारण नागरिक भएको दाबी गरेको छ।

जलालाबाद नन्गरहार प्रान्तको राजधानी हो, जुन इस्लामिक अतिवादी संगठन इस्लामिक स्टेट (आईएस) को ठूलो गठन मानिन्छ। 

२० वर्षको लडाइँपछि दोस्रोपटक अफगानिस्तानको सत्तामा पुग्न सफल तालिबानलाई अहिले सबैभन्दा ठूलो चुनौती आईएस बनेको छ। 

यो पनि : ​अफगानिस्तानमा जुर्मुराउँदै इस्लामिक स्टेट, धरापमा तालिबान सरकार

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .