रुसको एक विश्वविद्यालयमा सोमबार गोलाबारी भएको छ। जसमा परी ५ जनाको मृत्यु भएकाे छ भने ६ जना घाइते भएका छन्।
बीबीसीका अनुसार रुसको परम सहरस्थित ‘परम स्टेट युनिभर्सिटी’मा स्थानीय समयानुसार बिहान ११ बजे गाेली हानिएकाे हाे।
एक हतियारधारी व्यक्तिले युनिभर्सिटीमा पसेर अन्धाधुन्ध गोली हान्न सुरु गरेका थिए। यो विश्वविद्यालय रुसको राजधानी मस्कोबाट पूर्व १३ सय किलोमिटर टाढा पर्छ।
आक्रमणकारी पनि त्यही विश्वविद्यालयका विद्यार्थी रहेको र उनलाई नियन्त्रणमा लिने क्रममा उनी पनि घाइते भएको बताइएको छ।
समाचार एजेन्सी रोयटर्स र एपीले भने अनुसन्धान एजेन्सीलाई उद्धृत गर्दै मृत्यु हुनेको संख्या ८ पुगेको दाबी गरेका छन्।
त्यसरी गोली किन हानियो भन्ने विषयमा अहिलेसम्म कुनै जानकारी आएको छैन।
हमलासँगै केही विद्यार्थी र अध्यापकलाई कोठाभित्र बन्द गरिएको थियो।
घटनास्थलमा मोबाइलबाट खिचिएको भिडिओ फुटेजमा केही मानिस झ्यालबाट हामफालेको देखिन्छ।
हेर्नुहोस्
Очевидцы сообщают о стрельбе в Пермском государственном университете. Студенты покидают здание через окна. pic.twitter.com/TFDpTR0rGV
— РЕН ТВ | Новости (@rentvchannel) September 20, 2021
Shares
प्रतिक्रिया