ग्लोबल


मोदीको सम्बोधन : बालिकाले सैनिक स्कुल पढ्न पाउने, मातृभाषालाई प्राथमिकता

लाल किल्लाबाट भने : देशलाई उत्कृष्ट बनाउने यही सही समय
मोदीको सम्बोधन : बालिकाले सैनिक स्कुल पढ्न पाउने, मातृभाषालाई प्राथमिकता

नेपालखबर
साउन ३१, २०७८ आइतबार ११:५५, काठमाडौँ

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले ब्रिटिश उपनिवेशबाट देशले मुक्ति पाएको ७५ औँ वर्षगाँठका अवसरमा दिल्लीस्थित लाल किल्लाबाट सम्बोधन गरेका छन्। 

आफ्नो ९० मिनेट लामो भाषणमा मोदीले किसान, बालिका र युवाहरुका लागि  कयौँ अहम् घोषणा गरेका छन्। 

उनले देशवासीसँग आगामी २५ सालसम्म सबैजना मिलेर भारतलाई प्रगति पथतर्फ लैजान पनि अपिल गरेका छन्। 

'यही सही समय हो, हामी देशलाई अझै उत्कृष्ट र आधुनिक बनाउन आफ्नो कोसिसलाई अझै तीव्र पार्दैछौँ', उनले भनेका छन्, 'यदि यसो हुन सकेमा आगामी दिनमा हामीलाई नयाँ पुस्ताले सम्झनेछन्।'

बालिकालाई सैनिक स्कुल खुल्ला

मोदीले सम्बोधनका क्रममा अब देशका सबै सैनिक स्कुलमा बालिकाले पनि पढ्न पाउने घोषणा गरेका छन्। 

'केही समयअघि मिजोरमको एक सैनिक स्कुलमा बालिकाहरुले प्रवेश परीक्षा दिन थालेका थिए। त्यसपछि अब सरकारले देशका सबै सैनिक स्कुल बालिकाहरूका लागि खुला गरिएको छ', उनले सम्बोधनमा भने। 

स्वतन्त्रता दिवसको सम्बोधनका क्रममा मोदीले मातृभाषालाई प्राथमिकता दिने कुरामा जोड दिएका छन्। 

'भाषाकै कारण देशको ठूलो प्रतिभा पिँजडामा बाँधिएका छन्। मातृभाषाबाट मानिसहरु अघि बढ्न सक्छन्। मातृभाषा पढ्न पाएर अघि बढेमा उनीहरुको प्रतिभासँग पनि न्याय हुनेछ। नयाँ राष्ट्रिय शिक्षा नीति पनि गरिबीविरुद्ध लडाइँमा ठूलो शस्त्र बनेर अगाडि आउँदैछ', उनले भनेका छन्, 'यसमा नागरिकको प्रतिभालाई स्थान दिइनेछ। मातृभाषाको महत्व छ। यसको प्रतिष्ठा पनि छ। खेल मैदानमा भाषा बाधक बनेको छैन। हाम्रा युवा खेलि पनि रहेका छन् फुलि पनि रहेका छन्। नयाँ राष्ट्रिय शिक्षा नीतिमा खेललाई महत्वका साथ समावेश गरिएको छ। जीवनमा सम्पूर्णताका लागि खेलकुद अनिवार्य जरुरी छ।'

प्रधानमन्त्री मोदीले लाल किल्लाबाट देशका किसानलाई सान भनेका छन्। ‘देशका किसान साना किसान हुन्। पहिले देशको नीतिमा साना किसानका लागि स्थान थिएन। तर अब देशमा कृषि सुधार गरिँदैछ। बाली बीमामा सुधार जारी छ। साना किसानलाई किसान क्रेडिट कार्ड मिलेको छ। सोलार योजना प्रभावकारी भएको छ', मोदीले भनेका छन्, 'हरेक साना किसानलाई ध्यानमा राखेर प्रधानमन्त्री कृषि सम्मान योजना चलाइएको छ। साना किसान बनुन् देशका शान, यो हाम्रो सपना हो। आउने वर्षमा देशका साना किसानको क्षमता बढाउनुपर्नेछ।'

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad