विद्रोही तालिवानले युद्ध चर्काउँदै लगेपछि अमेरिका र बेलायतले आफ्ना नागरिकलाई अफगानिस्तान छाड्न निर्देशन दिएका छन्।
तालिवान विद्रोहीले देशका एकपछि अर्को सहर कब्जा गर्न थालेपछि यी दुई शक्ति राष्ट्रले आफ्ना नागरिकलाई यस्तो निर्देशन दिएका छन्।
काबुलस्थित अमेरिकी राजदूतावासले तत्काल जहाजको टिकट किन्न नसक्ने आफ्ना नागरिकलाई ऋण दिने भएको छ।
तालिवानसहितका विद्रोही समूहले अफगानिस्तानमा हमला बढाउन सक्ने भन्दै गएराति बेलायतको विदेश मन्त्रालयले चेतावनी दिएर आफ्ना नागरिकलाई देश फर्किन भनेको हो।
बेलायतले अफगानिस्तानमा रहेका आफ्ना नागरिकलाई व्यापारिक उडानमार्फत फर्किन भनेको छ। त्यस्तै दूतावासले चलाउने आपतकालीन उद्धार अभियानसम्म नकुर्न पनि उनीहरुलाई भनेको छ।
222
Shares

प्रतिक्रिया