ग्लोबल


एनआरएनएको नयाँ नेतृत्वका लागि मतदान सुरु

एनआरएनएको नयाँ नेतृत्वका लागि मतदान सुरु

नेपालखबर
असोज २९, २०७६ बुधबार १५:३५,

गैर आवासीय नेपाली संघ (एनआरएनए) को ९ औं विश्व सम्मेलन तथा अन्तर्राष्ट्रिय महाधिवेशनको मतदान सुरु भएको छ।

साँझ ८ बजेबाट विद्युतीय मेसिनबाट मतदान भइरहेको छ। साँझ ५ बजे सुरु हुने भनिएको मतदान प्रक्रिया ३ घण्टा ढिला सुरु भएको हो। मतदान प्रक्रिया सुरु भएसँगै मतदान स्थलमा सुरक्षा व्यवस्था पनि कडा पारिएको छ। मतदानस्थलमा मोबनाइल फोनसमेत निषेध गरिएको छ।

यसअघि मतदान ढिला भएको भन्दै सहभागीले नारा जुलुश गरेका थिए।

एनआरएनएको अध्यक्ष पदका लागि कुमार पन्त र कुल आचार्यले मनोनयन दर्ता गराएका छन्। एनआरएनएको ४२ पदका लागि मतदान हुने छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .