ग्लोबल


एनआरएनएको सम्‍मेलनमा तनाव, मतदान स्थगित

एनआरएनएको सम्‍मेलनमा तनाव, मतदान स्थगित

नेपालखबर
असोज २९, २०७६ बुधबार १६:३,

गैरआवासीय नेपाली संघ (एनआरएनए)को सम्मेलनस्थलमा तनाव भएपछि मतदान स्थगित भएको छ। नयाँ नेतृत्व चयनका तनावका बीच साँझ ८ बजेदेखि सुरु भएको मतदान केही बेरमै स्थगित भएको छ।

भोटिङ सिष्टममा गडबडि आएपछि निर्वाचन स्थगित गर्नु परेको निर्वाचन समितिले जनाएको छ । निर्वाचन समितिका अनुसार एनआरएनएको निर्वाचन भोलि बिहान १० बजेबाट सुरु हुनेछ।

यता, निर्वाचन स्थगित भएपछि मतदाताहरु आक्रोशित भएका छन्। मतदान ढिलो भएपछि मतदान स्थलमै मतदाताहरुले नाराबाजी गरेका थिए। करिब तीन घण्टा ढिलो गरी सुरु भएको मतदान पुनः स्थगित गर्दा उनीहरु आक्रोशित भएका हुन्।

संघको मंगलबारदेखि नवौँ अन्तर्राष्ट्रिय सम्मेलन तथा महाधिवेशनबाट केन्द्रीय समितिको ४२ जना पदाधिकारीको निर्वाचित हुनेछन्। ८१ मुलुकमा शाखा रहेको एनआरएनएको अध्यक्षका लागि वर्तमान उपाध्यक्ष कुमार पन्त र कुल आचार्य प्रतिस्पर्धामा उत्रिएका छन् ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .