गण्डकी


रवि लामिछाने पक्राउको विरोधमा उत्रिएका ८ जना पक्राउ

रवि लामिछाने पक्राउको विरोधमा उत्रिएका ८ जना पक्राउ

नेपालखबर
कात्तिक २०, २०८१ मंगलबार १४:२८, पोखरा

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने पक्राउको विरोधमा उत्रिएका ८ जना प्रदर्शनकारीलाई प्रहरीले पक्राउ गरेको छ। मंगलबार दिउँसो विरोधमा उत्रिएका उनीहरूले निषेधित क्षेत्र तोड्न खोजेपछि पक्राउ गरिएको प्रहरीले जनाएको छ। 

पक्राउ परेकाहरूलाई वडा प्रहरी कार्यालय, बैदाम लगिएको छ। गत कात्तिक २ गते काठमाडौँबाट पक्राउ परेका लामिछानेलाई कास्कीस्थित जिल्ला प्रहरी कार्यालय पोखराको हिरासतमा राखिएको छ। 

रविलाई आजै म्याद थपका लागि अदालत लगिएको छ। रास्वपाका कार्यकर्ताहरू पोखराको रत्न चोक हुँदै वाइ चोक लगायतका क्षेत्रमा प्रदर्शन गरिरहेका छन्।

आन्दोलनमा उत्रिएका कार्यकर्ताले निषेधित क्षेत्र तोड्न थालेपछि प्रहरीले अश्रुग्यास समेत प्रहार गरेको थियो। 

कात्तिक २ गते पक्राउ परेका लामिछानेविरुद्ध जिल्ला अदालत कास्कीले कात्तिक ८ गते दोस्रोपटक ७ दिन म्याद थप गरेको थियो। 

उक्त म्याद कात्तिक १४ गते नै सकिए पनि १५ गतेदेखि तिहार बिदा सुरु भएकाले उनी हिरासतमै रहे। 

आजबाट तिहार बिदा सकिएर अदालत खुलेकाले पुनः म्याद थपका लागि प्रहरीले उनलाई अदालत उपस्थित गराएको हो। 

जिल्ला अदालत कास्कीले म्याद थप गरेमा उनलाई बुटवल पठाउने तयारी छ।

बुटवलको सुप्रिम सहकारी ठगीको पूरक जाहेरीका आधारमा बयानलगायत अनुसन्धानका लागि लामिछानेलाई बुटवल लैजान लागिएको हो।

तस्बिरहरू : वाशुदेव मिश्र/पोखरा
 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad