गण्डकी


तनहुँ १ मा स्वर्णिम वाग्ले लगातार दोस्रोपटक विजयी, कांग्रेस उम्मेदवार भट्टराईसँग मतान्तर कति?

तनहुँ १ मा स्वर्णिम वाग्ले लगातार दोस्रोपटक विजयी, कांग्रेस उम्मेदवार भट्टराईसँग मतान्तर कति?

नेपालखबर
फागुन २३, २०८२ शनिबार १५:१७, काठमाडौँ

प्रतिनिधिसभा सदस्य निर्वाचनमा तनहुँ निर्वाचन क्षेत्र नम्बर १ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उपसभापति डा स्वर्णिम वाग्ले विजयी भएका छन्। 

उनी ३८ हजार ४० मत प्राप्त गरी विजयी बनेको मुख्य निर्वाचन अधिकृत विष्णुप्रसाद उपाध्यायले जानकारी दिए।

वाग्लेका निकटतम प्रतिस्पर्धी नेपाली कांग्रेसका गोविन्द भट्टराईले १६ हजार २३१ मत प्राप्त गरेका छन्।

भट्टराईलाई २१ हजार ८०९ मतले उछिन्दै वाग्ले लगातार दोस्रोपटक विजयी भएका हुन्।  

उनलाई भावी अर्थमन्त्रीका रूपमा हेरिएको छ।

यसपटक नेकपा एमालेकी भगवती न्यौपानेले ५ हजार ८३० मत र नेपाली कम्युनिस्ट पार्टीका विद्यानाथ ढकालले २ हजार ३९३ मत प्राप्त गरेका छन्।

यस निर्वाचन क्षेत्रमा १ लाख २६ हजार ८ सय ८२ मतदाता रहेकामा ६८ हजार १ सय २० मत खसेको थियो।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad