क्षेत्री समाज नेपालले संविधान संशोधन बहस पत्र तयारी समितिसमक्ष राय सुझाव पेस गर्न विज्ञ समूह गठन गरेको छ।
समाजको दोस्रो कार्यकारिणी बैठक एवं चौथो केन्द्रीय समितिको बैठकले नेपाल बार एसोसियसनका पूर्वअध्यक्ष वरिष्ठ अधिवक्ता वीरेन्द्र केसीको संयोजकत्वमा समिति गठन गरेको हो।
सदस्यमा समाजका कानून विभाग प्रमुख अधिवक्ता यमबहादुर क्षेत्री र केन्द्रीय सल्लाहकार प्राध्यापक सूर्य खड्का विखर्ची रहेका महासचिव कृष्णबहादुर थापाले जानकारी दिए।
क्षेत्री समाजले खस क्षेत्रीलाई आदिवासीमा सूचीकृत गरिनुपर्ने, जातीय आरक्षण खारेज हुनुपर्नेसहित धर्मसापेक्ष हिन्दुराष्ट्रको माग राख्दै आएको छ।
सरकारबाट दिने सबै तहको सुविधामा जातीय आधारको उमेर हद हटाउनुपर्ने, खस क्षेत्री आयोग गठन र राष्ट्रिय महत्वको विषय जनमत संग्रह पनि क्षेत्री समाजको एजेण्डा रहेको अध्यक्ष वीरबहादुर थापाको भनाइ छ।
Shares

प्रतिक्रिया